नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर ३ को मत परिणाम सार्वजनिक भएको छ । निर्विरोध हुन नसकेका पदका लागि बिहीबार भएको मतदान पश्चात रातभर चलेको मत गणना परिणाम शुक्रबार(आज) बिहान सार्वजनिक भएको हो ।
मतदान अधिकृत विरेन्द्र यादवले दिएको जानकारी अनुसार क्षेत्र नम्बर ३ को सचिवमा ज्ञानबहादुर ओली र दिपबहादुर थापा निर्वाचित भएका छन् । ओलीले २६५ र थापाले २१७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कोमलराज सिंह ठकुरीले १०३ र विशाल बहादुर कर्माचार्यले ९८ मत प्राप्त गरे ।
सह–सचिवमा निर्वाचित भएका डम्बरबहादुर रावतले १९८ र राकेशकुमार सोनीले १९४ मत ल्याए । उनका निकटतम प्रतिद्धन्द्धी दिपककुमार थारुले १०१, प्रेमबहादुर शाहीले ९०, पदमबहादुर मल्लले ८० र सुदिप सेढाईले ७१ मत प्राप्त गरेका छन् ।
महाधिवेशन प्रतिनिधी(खुल्ला)तर्फ कपिलदेव शर्मा, कृष्णबहादुर बिक रसाईली, टेकबहादुर खड्का, देवबहादुर खत्री, प्रकाशबहादुर शाही, बादसा कुर्मी, भावना चौधरी, मेघराज ओली, रामेश्वर कँडेल र लक्ष्मीनारायण शाह निर्वाचित भएको यादवले बताए ।
महाधिवेशन प्रतिनिधी(महिला)मा उमाकुमारी थापा, कमला हमाल, निनुमाया कुँवर र झुपकली मगर निर्वाचित भएका छन् । यस्तै दुखिराम लोनिया (मधेसी), जगदिश प्रसाद हरिजन(दलित), चन्तराम थारु(थारु) पनि महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन् । यस्तै क्षेत्रीय कार्यसमिति सदस्य(खुल्ला)तर्फ रामप्यारी यादव, जयाराम कुर्मी, तारामणि अधिकारी, राजन वर्मा, इसरात अहमद खाँ, कृष्णबहादुर चौधरी तथा दिलकुमारी पौडेल(अपांगता) र शिवकुमार कोरी(दलित) मा निर्वाचित भएका छन् ।
क्षेत्रीय कार्यसमिति सदस्य प्रदेश ३ (क)बाट हरिदेवी रावत पनि निर्वाचित भईन् । क्षेत्रीय सदस्य(खस आर्य)मा दुई जनाले बराबर ९१/९१ मत ल्याएपछि गोला प्रथाबाट झलक शर्मा निर्वाचित भएको मतदान अधिकृत यादवले जानकारी दिएका छन् । यसअघि बुधबार भने क्षेत्रीय सभापतिमा नक्की खाँ निर्विरोध निर्वाचित भएका थिए । खाँसहित समानुपातिक तर्फबाट क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधी र प्रदेश ३ (ख) कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए ।