कोहलपुर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर १ बाट २५ जना महाधिवेशन प्रतिनिधी निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर १ का मतदान अधिकृत मेहरसिंह खत्रीका अनुसार महाधिवेशन प्रतिनिधी (खुल्ला)मा निर्वाचित भएका चिन्तामणि धितालले ३०८, चुँडामणि कँडेलले ३०६, भानुभक्त भट्टराईले ३०३, नारायणप्रसाद गौडेलले २९९, पूर्णप्रसाद आचार्यले २९५, कृष्णबहादुर कार्कीले २९१, पवनकुमार यादवले २८८, लाहुराम थारुले २८५, महाविर ओलीले २६९, यमबहादुर खड्काले २५९ मत ल्याएका छन् ।
यस्तै महिला(खुल्ला) मा सञ्जुकुमारी चौधरीले ३०९, द्रोपदी ओलीले २८५, गौराकुमारी अधिकारी (भट्टराई) ले २७८, संगिता सुवेदीले २६९, महिला (खस आर्य) मा निर्वाचित भएकी गीता वली क्षेत्रीले २४९ मत प्राप्त गरे । यसैगरी खसआर्य (खुल्ला)मा निर्वाचित भएका लक्ष्मणराज पौडेलले २८०, टेकनारायण भुसालले २७५ मत ल्याए ।
त्यस्तै आदिवासी जनजातीतर्फ नमबहादुर आलेले २९९, मधेशीतर्फ कृष्णचन्द्र मौर्यले २८४, दलिततर्फ कृष्णबहादुर बि.कले २७५, थारु महिलामा संगिता कुमारी थारुले २८१, थारु (खुला) मा चौतराम थारुले २९८, फूलाराम थारुले २९२, मुस्लिमतर्फ इसाक जोलाहाले २८२ र अपांगतातर्फ लुटबहादुर खत्रीले ३२१ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रको महाधिवेशन प्रतिनिधीमा संस्थापन (देउवा) पक्षबाट १५ र संस्थापन इतर(कोइराला पौडेल) पक्षका १० जना निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधीमा चर्चित नेता तथा नेतृहरु पराजित भएका छन् । नेपाली कांग्रेस बाँकेका सचिव तप्तबहादुर पौडेल, कांग्रेस बाँकेका सह-सचिव रामकुमार राँढ, पुर्वसांसद ज्ञानु केसी, नेता नारायणप्रसाद सिग्देल, हुर्मतकुमार न्यौपाने, ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्ल, नेतृ मिनाकुमारी सिग्देल, सतिदेवी तिमिल्सेना, सिता कार्की लगायत पराजित भएका हुन् ।