रमेश सिटौला
अध्यक्ष, बागेश्वरी असल शासन क्लब (बास) ।
यहाँले संस्थालाई कसरी अगाडी बढाईरहनु भएको छ ?
बास अहिले सबै जनमानसको मुखमा आउने शब्द भएको छ । यो संस्थाले आवाज विहिनहरुको आवाजको रुपमा काम गरिराखेको छ । बासको मुख्य एजेण्डा भनेको चाही सुशासनको क्षेत्रमा खबरदारी गर्ने रहेको छ । यो आफै निर्णय लिने संस्था नभएर खबरदारी गर्ने र सम्बन्धित ठाउँमा कुरा पुर्याउने खबरदारीको काम गर्छ ।
बासले सुशासनको क्षेत्रमा काम गरिरहेको छ, बाँकेका सरकारी तथा सार्वजनिक निकायमा सुशासनको अवस्था कस्तो छ ?
आज भन्दा १३÷१४ वर्षभन्दा अगाडीको स्थिती र अहिलेको स्थितीमा विलकुलै फरक स्थिती छ । बासले पहिलेको सुरुको अवस्थामा खबरदारी गर्नुपर्छ है भनेर सत्याग्रह, विभिन्न शुद्धिकरणको कार्यक्रम गथ्र्यो ।
हामीले के सोच गरेका छौं भने पहिला सहकार्य गरौं । सबै सरकारी निकायसँग समन्वय गरौं । त्यसपछि खबरदारी गरौं भन्ने सोच राखेका छौं । सधैं खबरदारी मात्रै गर्दा पनि मान्छेले हेर्ने दृष्टिकोण अलि फरक भयो । त्यसकारण सहकार्य गर्दै समन्वय गर्दै खबरदारी गरेर जानुपर्छ मलाई लाग्छ ।
धेरै ब्यक्तिहरु हाम्रो बासको साथीहरु जाँदा, हामीहरु जादाँखेरी चाही उनीहरुको हेर्ने तरिका र उनीहरुको कार्यशैलीमा चाही अलि फरक आएको छ । न्युनिकरण चाही धेरै हदसम्म भए जस्तो मलाई लाग्छ ।
बाँके जिल्ला भ्रष्टाचार हुने जिल्लाको अग्र पंक्तिमा देखिन्छ । किन यस्तो भईरहेको छ ?
बाँके यस्तो ठाउँ हो, जो तराई, पहाड र हिमालका जिल्लाको केन्द्र विन्दुको रुपमा रहेको छ । यसमा धेरै सरकारी निकायहरु छन् । धेरै सरकारका मुख्य कुराहरु बाँके जिल्लाबाट हुन्छन् ।
खबरदारी गर्दा गर्दै पनि जनताले तिरेको करबाट राष्ट्र सेवकहरु अहिले धेरै हुनुहुन्छ । हाम्रो उद्देश्य भनेको चाही जनताबाट कर लिएर त्यही करलाई आफुले सेवाको रुपमा लिएर आफु र आफ्नो परिवार पालिराख्नु भएको छ । जनतालाई चाही सही किसिमले आफ्नो जिम्मेवारी लिएको कुरा चाही सही समयमा दिनुपर्छ भन्ने हाम्रो पहल हो ।
बासले चाही भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न कस्ता गतिविधी र क्रियाकलाप गर्दै आएको छ ?
पछिल्लो समयमा बासको मुख्य एजेण्डा भनेको सुशासनको क्षेत्रमा काम गर्ने हो । तर, यसमा धेरै युवाहरु विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका ब्यक्तिहरु चाही उत्पादन हुदै गयो ।
त्यसकारण हामीले मुख्य उद्देश्य सुशासन राखेका छौं । त्यसका अलावा हामीले बच्चाको बाल अधिकार र महिला अधिकार तथा अपांगताका बारेमा सबै क्षेत्रमा चाही हामीले काम गर्दै गएको अवस्था छ ।
काम गर्ने क्रममा कत्तिको चुनौती छ ?
चुनौती त प्रसस्तै छ । हामीसँग आफ्नो स्रोत छैन । हामी स्थानीय तह र विभिन्न दातृ संस्थासँग मिलेर, सहकार्य गर्नुपर्ने हुन्छ । हाम्रा धेरै साथीहरु हुनुहुन्छ । उहाँहरुको जिविकोपार्जनको लागि हामीले प्रपोजल हालेर एउटा प्रोजेक्ट रन गर्नुपर्ने अवस्था छ र त्यो गरिराखेका छौं ।
हामीले केही माग्न जाँदा चाही यिनीहरुसँग डराउनुपर्छ भन्ने खालको स्थिती चाही छ । तर, अरुले गरेको कार्यक्रम र हामीले गरेका कार्यक्रममा चाही आकाश पातालको फरक छ ।
भ्रष्टाचार नियन्त्रण गर्नु आफैमा चुनौतीपुर्ण छ । भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा क्रियाशिल सरकारी निकायसँग कत्तिको सहकार्य र समन्वय भईरहेको छ ?
हामीले केही समय अगाडी सुन्यौं, अख्तियारकै विशिष्ट ब्यक्ति घुसकाण्डमा मुछिएको दुःखपुर्ण समाचार पनि आयो । तर, हामीले चाही खबरदारी गर्ने काम हो । हामीले कसैलाई कारबाही गर्ने अवस्था हुदैन ।
हामीले जनताको तर्फबाट खबरदारी गर्ने भएको हुँदा यहाँ रहेको अख्तियारको युनिट कार्यालयसँग पनि हाम्रो समन्वय छ । प्रहरीसँग पनि हामीले समन्वय गरिरहेका हुन्छौं । जिल्ला प्रशासनसँग सबैसँग समन्वय गरेर यो ठाउँमा सुशासन बहालीको लागि हामीले प्रयास गरिरहेका छौं ।
जनताले बढी गुनासो गर्ने सरकारी तथा सार्वजनिक निकायलाई जवाफदेही बनाउन बासले चासो दिदैन भन्ने आरोप लाग्छ नि ?
हामीले धेरै अगाडी मालपोत कार्यालय, नापी कार्यालय, बिद्युत प्राधिकरणमा जहाँ चाही मानिसहरुको धेरै आवत जावत हुन्छ, त्यहाँ शुद्धिकरणका कार्यक्रमहरु हाम्रो थियो । हामीले विभिन्न प्लेकार्डहरु लिएर कार्यालय समयमा गेटमा उभिन्थ्यौं । त्यो हामीले गरेका छौं ।
हामी स्थानीय तहसँग मिलेर नगरपालिकामा हेल्प डेस्क राखेका छौं । विभिन्न कार्यालयमा हामीले हेल्पडेस्क राख्ने विचार गरेका छौं । धेरै जनमानसको कारोबार हुने सरकारी कार्यालयमा हाम्रा साथीहरुले स्वयं सेवक भएर काम गर्नु भएको छ । अहिले बासले सुशासनको क्षेत्रमा धेरै काम गरेको छ ।
सरकारी र गैर सरकारी क्षेत्रबाट के गरियो भने भ्रष्टाचार नियन्त्रण हुन सक्छ ?
ठ्याक्कै नियन्त्रण भएर शुन्य हुन्छ भन्ने कुरामा त हामी कोहीपनि ढुक्क छैनौं । यसलाई न्युनिकरण गर्न चाही हामी सक्छौं । भविष्यमा गएर अन्त्य हुन्छ कि भन्ने हाम्रो धारणा हो ।
बासले अहिले सरकारी निकायका ब्यक्तिलाई हाउगुजीको रुपमा लिने, त्यो नभएर जनताको कर्तब्य के त ? हामीले के गर्नुपर्ने ? उनीहरुलाई सचेत गराउनुपर्ने अथवा मिलेर काम गर्नुपर्ने भन्ने कुरा चाही बुझ्नुपर्छ जस्तो लाग्छ । सरकारी कर्मचारी पनि हाम्रै दाजुभाई हो, हामी पनि त्यही हो ।
त्यसकारण दुबै जनासँग नङ र मासुको सम्बन्ध कायम गरेर आत्मियताको ब्यवहार गर्दै गयो भने काम गर्ने कुरामा सहजता आउँछ जस्तो मलाई लाग्छ । जनता पुर्ण रुपमा सचेत भएमा भ्रष्टाचार हुदैन ।