बुटवल : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मत गणना चलिरहेको छ । निर्वाचन समितिका अनुसार खुला सदस्यतर्फ ४ सय मत गणना गर्दा अहिलेसम्म संस्थापन इतर(कोइराला पौडेल) पक्षका अमरसिंह पुनको प्यानल अगाडी छ । लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान गरिएको थियो ।
मतदान सकिएपछि रातीदेखी नै मत गणना सुरु गरिएपनि परिणाम आउन ढिलाई भएको छ । निर्वाचन समितिका अनुसार खुला सदस्यबाट सुरु गरिएको मत गणना बिहानदेखी पदाधिकारीको पनि छुट्टै ठाउँमा सुरु गरिएको छ । लुम्बिनी प्रदेशको निर्वाचनका लागि दुई पक्षबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
उक्त प्रदेशको सभापतिसहित कार्यसमिति, पदाधिकारी जित्न कांग्रेसको संस्थापन (देउवा) र संस्थापन इतर (कोइराला पौडेल) पक्षले आ आफ्ना उम्मेदवारलाई मैदानमा उतारेका छन् । प्रदेश सभापतिका लागि संस्थापन इतर पक्षले अमरसिंह पुन र संस्थापन पक्षले भरतकुमार शाहलाई मैदानमा उतारेको छ ।
संस्थापन पक्षबाट उपसभापतिमा दाङका राजु खनाल र कपिलवस्तुका सुधाकर पाण्डे, महामन्त्रीमा बर्दियाका जन्मजय तिमल्सिना र प्युठानका खिमानसिंह रायमाझी तथा सहमहामन्त्रीमा बाँकेका लक्ष्मीनारायण शाह, बाँकेकै माया पुन र रुपन्देहीकी सरिता चौधरी उम्मेदवार छन् । ।
यसैगरी संस्थापन इतर पक्षबाट उपसभापति पदका लागि गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठक, महामन्त्रीमा नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य तथा सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु मुस्कान र प्यूठानकी निमा गिरी रहेका छन् ।
लुम्बिनी प्रदेशमा १ जना सभापति २ जना उपसभापति, २ जना महामन्त्री र ३ जना सहमहामन्त्रीसहित कुल ७७ सदस्यीय कार्यसमिति पदाधिकारी निर्वाचित हुनेछन् ।
पदाधिकारीको १०० मत गणना
सभापति अमरसिंह पुन ५३
भरत शाह ४७
उप-सभापति अष्टभुजा पाठक ५६
भुवन श्रेष्ठ ५५
राजु खनाल ४०
सुधाकर पाण्डे ३२
महामन्त्री विक्रम खनाल ६२
सुरेन्द्रराज आचार्य ६१
जन्मजय तिमिल्सिना ३६
खिमानसिंह रायमाझी ३३
सह-महामन्त्री विष्णु मुस्कान ६१
निमा गिरी ५५
खगराज पाण्डे ५३
माया पुन ३९
सरिता चौधरी ३९
लक्ष्मीनारायण शाह ३४