नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा रहेको जनशक्ति माध्यामिक बिद्यालयलाई सोमबार खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् ।
बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच करिव ७० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् । खेलकुद सामाग्रीहरुमा ‘मिकासा’ कम्पनीको भलिबल ४ थान, फुटबल २ थान, भलिबस नेट २ थान, फुटबल नेट २ थान, ज्याब्लिङ्ग थ्रो २ थान, सटफुट २ थान, रनिङ शिल्ड डे«स २५ सेट, लुडो १० थान, र डोरी २० थान रहेका छन् ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका महासंघ अध्यक्ष भण्डारीले आफ्नो ब्यक्तिगत तर्फबाट बिद्यालयलाई सामाग्री उपलब्ध गराएको बताए । ‘खेलकुद सामाग्रीको अभाव भएको भनि बिद्यालयले आग्रह गरेपछि मैले आफ्नो ब्यक्तिगत तर्फबाट यि सामाग्री सहयोग गरेको हुँ,’ उनले भने ।
आफ्नो ठाउँको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको सुधार गर्नका लागि आगामी दिनमा पनि सहयोग गर्न प्रतिवद्ध रहेको बताए । महासंघ अध्यक्ष भण्डारी राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाशंकर ओलीले खेलकुद सामाग्री नहुँदा आफ्नो बिद्यालय यसअघि रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनबाट बञ्चित भएको बताए ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक प्रमोद यादव, पत्रकार महासंघ बाँकेका सहसचिव हेमन्त चौधरी, खेलकुदकर्मी ऋषी पोखरेल, समाजसेवी डिल्ली ओली लगायतको पनि उपस्थिती रहेको थियो ।