नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेबाट केन्द्रिय सदस्यका आकांक्षी बढेका छन् । पार्टीको केन्द्रिय सदस्यका लागि जनजाती कोटाबाट बाँकेका कांग्रेस नेता रविन्द्रमान श्रेष्ठ पनि आकांक्षी देखिएका छन् । उनी बाँके क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधी हुन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा समेत रहेका नेता श्रेष्ठले पार्टीको केन्द्रिय सदस्यमा जनजाती कोटाबाट आफु उम्मेदवारको आकांक्षी रहेको बताए । नेपाली कांग्रेसको बिधानले ब्यवस्था गरेको कुल १५ जनाको जनजाती कोटा मध्ये ८ जना जनजाती (पुरुष) र ७ जना जनजाती(महिला) रहेको भन्दै उनले त्यसभित्रको उम्मेदवार बन्न केन्द्रीय तहमा आफुले लविङ गरिरहेको बताए ।
संस्थापन(देउवा) पक्षबाट जनजाती केन्द्रिय सदस्यको उम्मेदवार बन्ने आफ्नो प्रयास रहेको उनको भनाई छ । ‘नेताहरुले राम्रै कुरा गर्नु भएको छ, म जसरी पनि जनजाती कोटाबाट केन्द्रिय सदस्यको उम्मेदवार बन्ने प्रयासमा छु,’ श्रेष्ठले भने । उनी नेपाली कांग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठका सुपुत्र पनि हुन् । हाल नेपाली कांग्रेसको उद्योग वाणिज्य तथा आपुर्ती विभागको उनी केन्द्रिय सदस्य छन् ।
‘२०३६ सालदेखी म नेपाली कांग्रेससँग जोडिएको मान्छे हुँ, कांग्रेसका लागि जहिले पनि सहयोग गर्दै आएको छु, पार्टीको निर्वाचनमा मलाई टिमभित्र विश्वास गरेमा म केन्द्रिय सदस्यको उम्मेदवार बन्नेछु,’ उनले भने ।
बाँकेबाटै अन्य ६ जना नेता पनि केन्द्रिय सदस्यका आकांक्षी छन । संस्थापन पक्षबाट ५ र संस्थापन इतर पक्षबाट एक जनाले केन्द्रिय सदस्यमा आकांक्षा देखाएका हुन । संस्थापन इतर पक्षबाट बाँके कांग्रेस सभापति किरण कोइराला आकांक्षी छिन् ।
यस्तै संस्थापन पक्षबाट पुर्वमन्त्री एवम् कांग्रेस बाँकेका पुर्वसभापति गजेन्द्र हमाल, पुर्वसभासदद्धय आशा बिक, मैकुलाल बाल्मिकी, दलित संघका केन्द्रिय उपाध्यक्ष कृष्ण बिक रसाइली र अपांगता कोटाबाट लुटबहादुर खत्री आकांक्षी छन् ।
यो पनि पढ्नुस् :
अपांगता कोटाबाट कांग्रेस केन्द्रिय सदस्यमा युवा नेता खत्री आकांक्षी
कांग्रेस महाधिवेशनमा बाँकेबाट केन्द्रिय सदस्यका यि हुन् आकांक्षी