बिराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८३ र ६ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५, संखुवासभामा ३, भोजपुर र धनकुटामा २–२, ओखलढुंगा, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । झापाको दमकमा २२, विर्तामोडमा २०, बुद्धशान्ति र कनकाईमा ९–९, गौरादहमा ८, मेचीनगरमा ७, भद्रपुर र अर्जुनधारामा ६–६, शिवसताक्षीमा ५, बाह्रदशी र कमल गाउँपालिकामा २–२, गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।
सुनसरीको इटहरीमा ६४, धरानमा १६, रामधुनीमा ५, बराहक्षेत्रमा ४, इनरुवामा २, दुहवी, हरिनगर र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।