काठमाडौं : सरकारले देशका आठ जिल्लामा पहिलो चरणमा बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउने भएको छ । यसअघि २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी थियो ।
त्यसमध्ये आठ जिल्लाका बालबालिकालाई पहिलो चरणमा पुस १३ देखि २२ गतेसम्म खोप लगाइने भएको हो । पहिलो चरणमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोको पहिलो लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यी जिल्लामा माघ ४ देखि १३ गतेसम्म दोस्रो डोज लगाइने भएको छ ।
त्यसपछि बाँकी १२ जिल्लमा खोप अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा खोप लगाउने मिति पछि तोकिने भएको छ ।