नेपालगन्ज : वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ जिल्ला शाखा गठन गरिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ ओभरीमा बिहीबार आयोजित एक कार्यक्रममा कृष्णबहादुर केसीको अध्यक्षतामा कार्यसमिति, पदाधिकारी चयन गरिएको हो ।
महासंघको उपाध्यक्षमा चेवनकुमार पौडेल, महासचिव कुलबहादुर केसी, सचिवमा सावित्रा ओली, कोषाध्यक्ष उर्मिला डाँगी भण्डारी तथा सदस्यहरुमा विपना थारु, सुरेश महरा, जयप्रकाश थारु, पारश भण्डारी, सुकलाल बोहरा, हरिभक्त पौडेल, दलबहादुर खत्री, किशोर न्यौपाने, प्रेम ओली र मनिका खड्का रहेका छन् ।
त्यसअघि महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष दीपककुमार थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेल, वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष रेनु सेन, वन तथा वातावरण संरक्षण समन्वय समिति अध्यक्ष तुलाराम खत्री लगायतले बोलेका थिए ।