बाँके(अगैया) : सामुदायिक रेडियो भूवर भवानी ९८.८ मेगाहर्ज, राप्तीसोनारी–२ अगैया बाँकेले 'रेडियो शिक्षा' कार्यक्रम सञ्चालनमा ल्याएको छ । राप्ती सोनारी गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रम अबदेखी हरेक हप्ताको शुक्रबार बिहान ८ बजे र बेलुका ५ बजे रेडियो भूवर भवानी ९८.८ मेगाहर्जबाट प्रशारण हुने रेडियोका स्टेशन म्यानेजर विमला चौधरीले जानकारी दिइन् ।
बिद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि बिद्यालयमै पुगेर समस्या, चुनौती र उपलब्धीबारे सम्बन्धित सरोकारवाला पक्षसँग कार्यक्रममा छलफल गरिने उनले बताइन् । ‘हरेक हप्ता फरक बिद्यालयमा सरोकारवालाको उपस्थितीमा कार्यक्रम उत्पादन गरिन्छ,’ उनले भनिन् । उक्त कार्यक्रमको मंगलबार राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् प्रमुख अतिथी लाहुराम थारुले उद्घाटन गरेका छन् ।
राप्ती सोनारी ३ का वडाअध्यक्ष गंगाराम थारुको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रलाई प्रमुख अतिथी थारु र विशिष्ट अतिथी एवम् गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले सम्बोधन गरेका थिए । कार्यक्रम उद्घाटन सँगै रेडियो शिक्षा कार्यक्रमको पहिलो अंक राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यामिक बिद्यालय भवानियापुरमा मंगलबार नै रेकर्ड गरिएको स्टेशन म्यानेजर चौधरीले जानकारी दिइन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका अध्यक्ष थारु, गाउँपालिका उपाध्यक्ष खत्री, वडाअध्यक्ष गंगाराम थारु, रेडियोका कार्यकारी प्रमुख अर्जुन ओली, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेमराज श्रेष्ठ, बिद्यालयका निमित्त प्रधानाध्यापक पुष्पलाल चौधरीसहित शिक्षक, अभिभावक र बिद्यार्थी सहभागी भएका थिए ।कार्यक्रमको उद्घाटन शत्र सञ्चालन रेडियोका स्टेशन म्यानेजर चौधरीले र दोस्रो शत्र सञ्चालन रेडियोका कार्यकारी प्रमुख ओलीले गरेका थिए ।
उद्घाटन कार्यक्रमको भिडियो हेर्नुस् :