नेपालगन्ज : नेपाल निजामति कर्मचारी युनियन बाँकेको नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतीको प्रयास सफल हुन नसक्दा निर्वाचन हुने भएको छ । निर्वाचन समितिले शनिबार बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म नेपालगन्जस्थित जिल्ला समन्वय समितिको हलमा मतदान गराउँदैछ ।
कर्मचारी युनियनको अध्यक्ष पदमा उद्धबप्रसाद श्रेष्ठ र कृष्णप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा हुदैछ । यस्तै उपाध्यक्ष (खुल्ला) मा पिताम्बर आचार्य र बेदेश्वर गौतमबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्ष (महिला) मा दुर्गादेवी गौतमको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भइसकेकी छन् ।
उपाध्यक्ष (समावेशी) मा दयाराम चौधरी र सुरेन्द्रकुमार गुप्ताबीच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी जिल्ला सचिवमा पवन बुढा र लोकेन्द्र चन्दबीच प्रतिस्पर्धा हुदैछ । निर्वाचन अधिकृत एवम् अधिवक्ता प्रभाकर भट्टराईका अनुसार सह-सचिव (युवा) मा काशिराम रिजाल पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यस्तै कोषाध्यक्ष पदमा रमेशकुमार रेग्मी र श्यामबहादुर शाहीबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी सदस्य (खुल्ला) मा जगबिर खत्री, दिपकुमार मल्ल, पवनराज भट्ट, प्रकाश पाण्डे, भिवबहादुर ठाडामगर, राजनकुमार थापा, लोकेन्द्र बुढाबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त पदमा ४ जना निर्वाचित हुने विधानमा ब्यवस्था रहेको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए ।
सदस्य (महिला) मा कल्पना दुलाल र गिता शाहीबीच प्रतिस्पर्धा हुदैछ । सदस्य (समावेशी) मा गोकुल चिडिमार, प्रेमबहादुर शाही र राम किशुन थारुबीच प्रतिस्पर्धा हुनेछ । उक्त पदमा दुई जना निर्वाचित हुनेछन् । त्यसैगरी महाधिवेशन प्रतिनिधी (खुल्ला)मा किरण डाँगी, देवेन्द्रकुमार केसी, नगेन्द्रबहादुर शाही, नैनबहादुर कार्की, तिलकप्रसाद आचार्य, यमकान्त कँडेल, मुकुन्दराज केसी, राजेशकुमार सेनबीच प्रतिस्पर्धा हुदैछ । महाधिवेशन खुल्लामा ३ जना निर्वाचित हुने ब्यवस्था छ ।
महाधिवेशन प्रतिनिधी (महिला)मा लक्ष्मी केसी निर्विरोध निर्वाचित भएकी छन् । यस्तै महाधिवेशन प्रतिनिधी (समावेशी) मा कृष्णबहादुर रोकाय र जयन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त पदमा एक जना निर्वाचित गर्नुपर्नेछ । निर्वाचन अधिकृत एवम् अधिवक्ता भट्टराईले शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदान समय तोकिएको बताए ।
उनका अनुसार निर्वाचनमा ४ सय ३६ जनाले मतदान गर्नेछन् । उम्मेदवारी दर्ता गरेका मध्ये तीन जना निर्विरोध निर्वाचित भइसकेको र घोषणा गर्न मात्र बाँकी रहेको भट्टराईले बताए ।