नेपालगन्ज : नेपाल निजामति कर्मचारी युनियन बाँकेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु भएको छ । सर्वसम्मतीको प्रयास सफल हुन नसक्दा निर्वाचन भएको हो ।
निर्वाचन समितिले शनिबार बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्मका लागि मतदान समय तोकेको थियो । तर, तोकिएको एक घण्टापछि जिल्ला समन्वय समितिको हलमा मतदान सुरु भएको निर्वाचन अधिकृत एवम् अधिवक्ता प्रभाकर भट्टराईले जानकारी दिए । कर्मचारी युनियनको अध्यक्ष पदमा उद्धबप्रसाद श्रेष्ठ र कृष्णप्रसाद उपाध्याय प्रतिस्पर्धामा उत्रिएका छन् ।
यस्तै उपाध्यक्ष (खुल्ला) मा पिताम्बर आचार्य र बेदेश्वर गौतम, उपाध्यक्ष (समावेशी) मा दयाराम चौधरी र सुरेन्द्रकुमार गुप्ता, जिल्ला सचिवमा पवन बुढा र लोकेन्द्र चन्द र कोषाध्यक्ष पदमा रमेशकुमार रेग्मी तथा श्यामबहादुर शाहीबीच प्रतिस्पर्धा हुदैछ । यसैगरी चार जना निर्वाचित हुने सदस्य (खुल्ला) मा जगबिर खत्री, दिपकुमार मल्ल, पवनराज भट्ट, प्रकाश पाण्डे, भिवबहादुर ठाडामगर, राजनकुमार थापा, लोकेन्द्र बुढाबीच प्रतिस्पर्धा भएको छ ।
सदस्य (समावेशी) मा गोकुल चिडिमार, प्रेमबहादुर शाही र राम किशुन थारुबीच प्रतिस्पर्धा भइरहेको छ । तीन जना निर्वाचित हुनुपर्ने महाधिवेशन प्रतिनिधी (खुल्ला) मा किरण डाँगी, देवेन्द्रकुमार केसी, नगेन्द्रबहादुर शाही, नैनबहादुर कार्की, तिलकप्रसाद आचार्य, यमकान्त कँडेल, मुकुन्दराज केसी, राजेशकुमार सेनबीच प्रतिस्पर्धा भइरहेको छ ।
युनियनको उपाध्यक्ष (महिला) मा दुर्गादेवी गौतम, सह–सचिव (युवा) मा काशिराम रिजाल, सदस्य (महिला) मा कल्पना दुलाल र गिता शाही निर्विरोध निर्वाचित भए । महाधिवेशन प्रतिनिधी (महिला) मा लक्ष्मी केसी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । महाधिवेशन प्रतिनिधी (समावेशी) मा जयन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन । निर्वाचनमा ४ सय ३६ जनाले मतदान गर्ने भट्टराईले जानकारी दिए ।