काठमाडौं : क्षत्री समाज राष्ट्रिय महासंघको केन्द्रीय अध्यक्षमा पुनः बिष्णुबहादुर खड्का निर्वाचित भएका छन् । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न महासंघको छैठौं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको हो ।
अधिवेशनले विधान अनुसार ७५ सदस्यीय कार्यसमिति पदाधिकारी निर्वाचित गरेको छ । महासंघको सह-अध्यक्षद्धयमा रबिन अधिकारी र टेकबिरजङ रायमाझी, उपाध्यक्षमा तेजप्रकाश बानियाँ, ईन्द्रबहादुर रिजाल, बिदुरप्रशाद अकौलिया ज्वाला बिष्ट, सिता बिष्ट कार्की, जागृति बोगटी रहेका छन् ।
महासचिवमा बहादुरसिंह विष्ट, कोषाध्यक्ष बाबुराम थापा निर्वाचित भएका छन । सचिवमा ओमबहादुर रायमाझी निर्वाचित भए । यस्तै सदस्यहरुमा तिलकबहादुर थापा (बाजुरा), केशरबहादुर खड्का (काठमाडौं), बाबुराम खड्का (सिन्धुपाल्चोक), पुष्माकर महत (काभ्रे ) दिपक खड्का (ललितपुर), शुर्दशन कँडेल(रामेछाप), ऐकबहादुर बुढाथोकी (काभ्रे), प्रकाश रायमाझी (पाल्पा), रहरबहादुर खड्का (रौतहट), ईश्वरी अधिकारी, माला खड्का (नुवाकोट) दानबहादुर चन्द (बैतडी), लक्ष्मन केसी (बारा), प्रविन धिताल (काभ्रे ) सावित्री बोगटी (खोटाङ), हरिश देउवा (कैलाली), गौरी साउद (कञ्चनपुर), चण्डीका राया (भक्तपुर) लगायत निर्वाचित भएका छन् । महासंघ मुलुकभर बसोबास गर्ने बहुसंख्यक आदिवासी खस क्षत्रीको छाता संस्था हो ।
महासंघ आदिवासी खस क्षत्रीको हकहित र अधिकारका लागि सधै सक्रियताका साथ अगाडी बढ्दै आएको अध्यक्ष खड्काले बताए । यस्तै जातीय सद्भावलाई अटुट राख्दै राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव, धार्मिक संस्कती लगायतका कुरामा सदैव कटिवद्ध रहिरहने, खस समुदायको पहिचानलाई राज्यबाट अबमुल्यन गर्ने गरिएकोमा सचेत गराउँदै आएको उनले बताए । महासंघ अध्यक्ष खड्काको सभापतित्वमा सम्पन्न भएको अधिवेशन उद्घाटन शत्रमा पुर्वउपप्रधानमन्त्री डा. भिमबहादुर रावल प्रमुख अतिथी थिए ।
यस्तै विशेष अतिथीमा महासंघका सस्ंथापक प्राध्यापक डा. सुरेन्द्र केसी, प्रा. डा. गोपाल पोखरेल, मष्टो कुलदेवता प्रतिष्ठानका अध्यक्ष मोहनसिंह खड्का, विश्व ओमकार महासंघका अध्यक्ष प्रेमलाल महर्जन लगायत थिए ।