नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले आफ्नो कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनाको विवरण मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) श्यामकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) मधुुसुदन न्यौपानेले प्रगति विवरण प्रस्तुत गरेका हुन् । कार्य प्रगति विवरण सार्वजनिक गरिसकेपछि बरामद गरिएको लागु औषध नष्ट पनि गरिएको थियो ।
यस्तो छ प्रहरीले सार्वजनिक गरेको विवरण :
जिल्ला प्रहरी कार्यालय बाँकेको चालू आ.व. २०७८/०७९ को
६ महिनाको कार्य प्रगति विवरण:
लागू औषध तर्फ
ब्राउनसुगर : २६५ ग्राम ६१० मिलिग्राम
चरेश : ४ किलो ३७५ ग्राम
नाईट्राजेपाम : ३५४३ ट्याव्लेट
कोरेक्स :६००० मिलिलिटर
गाँजा : २० ग्राम
ट्रमाडोल: १४३० ट्याव्लेट सहित ८८ जना लागू औषध कारोबारी लाई ५,११,०००।- नगद सहित पक्राउ गरिएको ।
नेपाल प्रहरी र भारतिय प्रहरीको समन्वयले भारतमा समेत लागू औषधको कारोबार गर्ने लागू औषधका कारोबारीहरु लाई ठुलो परिमाणको लागू औषध सहित पक्राउ गरेको जसका कारण नेपालमा समेत लागू औषध ओसारपसारमा कमी हुने देखिएको ।
फरार अभियूक्त पक्राउ : १३९ जना (६४ वर्ष १० महिना कैद, रु ३७,९९,५१४।-जरिवाना असुल)
सुन बरामद : मिति २०७८।०५।१८ गते जिल्ला बाँके नेपालगंज २० नेपालगंज विमानस्थलको कम्पाउण्डको बाट दुई जना सुन तस्कर सहित ४ किलो २९.१९ ग्राम सुन (मुल्य रु ३,१३,९७,६७५।–) बराबरको पक्राउ गरिएको ।
सुन भनी ठगी नक्कली धातु देखाई ठगी गर्ने पक्राउ : जिल्ला डोल्पा जगदुल्ला गा.पा.वडा नं.१ वस्ने रविन्द्र रोकाय लाई १ किलो सुन दिन्छु भनि निजलाई सुन जस्तो नक्कली धातु देखाई निज बाट रु १५ लाख रकम लिई ठगी गर्ने जिल्ला जाजरकोट बारेकोट गा.पा.६ वस्ने राजु कार्की र ऐ.ऐ.वस्ने पुर्ण बहादुर वि.क.लाई मिति २०७८।०९।१४ गते पक्राउ गरी अनुसन्धान भईरहेको ।
भन्सार चोरी पैठारी सम्बन्धी : ४,३६,२६,६०८ ।- बराबरको समान सहित २७ जना तस्कर पक्राउ गरी भन्सार कार्यालय बुझाएको ।
(आ.ब.२०७७।०७८ मा पहिलो ६ महिनाको भन्सार राजस्व:- १,०३,७६,५०१।-)
मुल्य रु २०,००,०००।– बराबरको भारतबाट अवैधरूपमा भित्र्याईएको बोईलर कुखुरा, चल्ला, मासु, माछा सहित ७ जना लाई पक्राउ गरी क्वारेन्टाईन कार्यालय बुझाएको ।
बाघको छाला ३, रेडपाण्डाको छाला १, भालुको पित ४, हातीको दाँत २ सहित १० जना लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय बुझाईएको ।
अं.६,५३,९००।- पर्ने सालको काठ ११ गोलिया चिरान ११८ सहित ३ जना लाई पक्राउ गरी आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय बुझाइएको ।
कटुवा पेस्तोल ३, एयरपेस्तोल १, भरुवा भन्दुक १, सो लाग्ने छर्रा ३ सहित ४ जना लाई पक्राउ गरी कारबाही गरिएको ।
हाल सम्म कुल ५३७ मुद्दामा ६७४ जना लाई पक्राउ गरी कारबाही गरिएको ।
(आ.ब. २०७७।०७८ मा ४७८ मुद्दामा ५१८ जनालाई पक्राउ गरीएको)
जुवातास : हारजित हुने गरी जुवा तास खेल्ने ६१ जना लाई नगद रु ९,५१,६१० ।- सहित पक्राउ गरी कारबाही गरिएको ।
नदीजन्य पदार्थ उत्खनन् गर्ने : ६ टिप्पर, १० टेक्टर नियन्त्रणमा लिई आवश्यक कारबाही लागि सम्बन्धित जिल्ला समन्वय समिति/ न.पा./गा.पा.मा पठाई सोबाट रु ३,३०,०००।- बराबरको राजश्व संकलन गरिएको ।
वेश्यावृद्धी रोकथाम : नेपालगंज तथा कोहलपुर एरियाका बिभिन्न होटलहरुमा यौन व्यवसाय संचालन गर्ने, आगन्तुहरु लाई दु:ख हैरानी दिने १६ वटा होटल, रेष्टुरा माथी आवश्यक छानविन गरी संलग्न ५ वटा होटल तथा रेष्टुराका संचालक सहित ११ जना महिला र ८ जना पुरुष जम्मा १९ जना लाई पक्राउ गरी कारबाही गरिएको ।
ट्राफिक नियम उलंघन : ट्राफिक नियम उलंघन गरी सवारी चलाउने २०,५३५ सवारी साधनलाई कारबाही गरी रु १,१२,३४,५००।– राजश्व संकलन गरिएको ।
बाँके जिल्लाको बिभिन्न स्थानहरु बाट चोरी भएका ३ वटा स्कुटी, ११ वटा मोटरसाईकल बरामद गरी सवारी साधन चोरी कार्यमा संलग्न १७ जना लाई कारबाही गरिएको ।
मिति २०७८।०४।०७ गते ने.ग.उ.म.न.पा.बसपार्क नजिक पुर्ण प्रसाद गौतमको गौतम ईलेक्ट्रोनिक्सबाट मोबाईल, चेक र नगद समेत चोरी भएकोमा निजको चोरी भएको ३६ थान स्मार्ट फोन सहित ने.ग.उ.म.न.पा. १३ बस्ने नानु खटिक, नन्कउ खटिक र सुमित शर्मालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाईएको ।
बाँके जिल्लाको बिभिन्न स्थानबाट हराएका, चोरी भएका स्मार्ट फोन १९ वटा फेला पारी सम्बन्धित मोवाईल धनीलाई बुझाईएको ।
बिभिन्न शिर्षकहरुमा सङ्कलित कुल राजस्व
१.भन्सार चोरी पैठारीबाट:- रु. ४,३६,२६,६०८ ।-
२.सुन तस्कर कारवाहीबाट:- रु ३,१३,९७,६७५।–
३.ट्राफिक कारवाहीबाट:- रु. १,१२,३४,५००।–
४.नदिजन्य पदार्थ उत्खनन्:- रु ३,३०,०००।-
५.जुवातास कारवाहीबाट:- रु ९,५१,६१० ।-
६.काठ तस्कर कारवाहीबाट:-रु. ६,५३,९००।-
७.क्वारेन्टाईन नगराईएका कुखुरा तथा माछामासु:- २०,००,०००।–
८.फरार अभियुक्तबाट असुल जरिवाना:- रु ३७,९९,५१४।-
चालू आ.व.को ६ महहिनामा संकलित जम्मा कुल राजस्व:-९,३९,९३,८०७।-
गत आ.ब.२०७७।०७८ को पहिलो ६ महिनामा संकलित कुल राजस्व:- २,७५,३४,७३८।-
अन्य विविध कार्यक्रमहरु :-
बिभिन्न प्रलोभनमा पारी नेपालबाट भारत तर्फ जादै गरेका ९२जना महिला र ३४ जना पुरूष मानिसलाई उद्धार गरी सम्बन्धित अभिवाभकको जिम्मा लगाई बुझाईएको ।
बढ्दै गईरहको कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागी प्रहरीबाट माईकिङ, रेडियो, एफ.एम.बाट प्रचार –प्रसार एवं सम्बन्धित निकायसंग समन्वय गरी हेल्पडेक्सको स्थापना, RDT परिक्षण, एन्टिजेन परिक्षणको व्यवस्था मिलाईएको ।
नेपालगंज बजार एरियाका बिग्रेका सि.सि. क्यामेरा मर्मत कार्य सुरु गरिएको ।
बढ्दो कोभिड-१९ को तेस्रो लहरलाई मध्यनजर गरी प्रत्येक प्रहरी कर्मचारीहरूलाई आवस्यक मात्रमा मास्क बितरण गरीएको ।
यस जि.प्र.का.बाँकेको हिरासत कक्षमा रहेका थुनावाहरुलाई जाडोयामलाई मध्यनजर गरी ५० थान कम्बल बितरण गरीएको ।
जिल्ला वन कार्यालय बाँकेसंग समन्वय गरी सितलहरबाट बच्न नेपालगंज बजार एरियमाका बिभिन्न चोकहरुमा दाउरा बाली आगो ताप्ने व्यवस्था मिलाईएको ।