नेपालगन्ज : नेपाली कांग्रेस बाँकेमा आगामी चार वर्षे कार्यकालका लागि सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी बादशाह कुर्मीलाई ९७ मत अन्तरले पराजित गरेका हुन् । संस्थापन इतर (शेखर कोइराला) प्यानलका गौडेलले ७ सय ६० र संस्थापन (शेरबहादुर देउवा) प्यानलका कुर्मीले ६ सय ६३ मत प्राप्त गरे ।
कांग्रेसको १४ औं अधिवेशन अन्तरगत यही फागुन १९ गते सम्पन्न भएको पहिलो चरणको मतदानमा सभापति पदका तीन जना उम्मेदवार प्रतिस्पर्धामा थिए । पहिलो चरणको मतदानमा गौडेलले ५ सय ६९, कुर्मीले ५ सय ३८ र संस्थापनकै सुरेन्द्रबहादुर हमालले ३ सय १४ मत प्राप्त गरेका थिए । पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेपछि फागुन २० गते पुनः दोस्रो चरणको मतदान गराइएको थियो ।
दोस्रो चरणको मतदानमा संस्थापनका हमालले संस्थापन इतरका गौडेललाई समर्थन गरे । बाँकेमा संस्थापनको बलियो पकड रहेपनि गुटभित्रको किचलोको फाइदा संस्थापन इतरले प्राप्त गर्यो । जसले गर्दा पुनः संस्थापन इतरले बाँके कांग्रेसमा आफ्नो विरासत जोगाउन सफल भएको छ । कांग्रेसको विधान अनुसार गौडेलले आगामी चार वर्षसम्म पार्टीमा नेतृत्व गर्नेछन् । यसअघि १३ औं अधिवेशनमा पनि बाँके कांग्रेसको नेतृत्व कोइराला पक्षले जितेको थियो ।
यस्तै उप-सभापति, सचिव र सह-सचिव पदमा संस्थापन तथा संस्थापन इतरले बराबर जितेका छन् । उप-सभापतिमा निर्वाचित भएका संस्थापन इतरका गोपालप्रसाद अधिकारीले ८ सय ५७ र संस्थापनका कृष्णबहादुर कार्कीले ६ सय ८९ मत प्राप्त गरे । निकटतम प्रतिद्धन्द्धी संस्थापनका सुदिपनरसिंह राणाले ५ सय ६५ र संस्थापन इतरका राजकुमार मौर्यले ५ सय ६४ मत प्राप्त गरे ।
यस्तै सचिवमा संस्थापन इतरका सुधान्धु कोइराला ७ सय ८९ र संस्थापनकी सन्जुकुमारी चौधरी ७ सय ८५ मत प्राप्त गरेर निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी संस्थापन इतरका टंकप्रसाद काफ्ले (आशिष)ले ५ सय ४९ र संस्थापनका रविन्द्रबहादुर हमालले ४ सय ९२ मत प्राप्त गरे ।
यसैगरी सह-सचिवमा निर्वाचित संस्थापन इतरकी रेनुसिंह ठाकुरले ७ सय ३४ र संस्थापनका विनोदकुमार थारुले ६ सय ७५ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धन्द्धी संस्थापनका पूर्णकुमार सिंह ठकुरी(पुरन)ले ६ सय ४३ र संस्थापन इतरका विश्वराज लम्सालले ५ सय १७ मत प्राप्त गरे । कार्यसमिति सदस्य (भुगोल र समावेशी) मा भने संस्थापन पक्षले वर्चश्व कायम गरेको छ ।
जिल्ला कार्यसमिति सदस्यमा भुगोलतर्फ नेपालगन्ज उपमहानगरपालिकाबाट सुशिला पन्त (७३४), सुशिला बादी (नेपाली) (७१३), जगदिश बाल्मिकी (६८९), प्रमोदबहादुर श्रेष्ठ (६७७) र यज्ञबहादुर बस्नेत (६४८) निर्वाचित भएका छन् । कोहलपुर नगरपालिकाबाट निमबहादुर चलाउने (निरज) (७५१), टिकादेवी केसी (७४५), मनप्रसाद आचार्य (६२४) निर्वाचित भए ।
राप्ती सोनारी गाउँपालिकाबाट तिलाकुमारी कार्की (७२५) र टिकाराम बस्नेत (६८६), नरैनापुर गाउँपालिकाबाट धुरपति पासी (६८५) र महबुब अलि शेष (६६६), जानकी गाउँपालिकाबाट रामचन्द्र गुप्ता(चन्दर) (७४६) र सुनिता आले (६९८), खजुरा गाउँपालिकाबाट देउफल प्रसाद यादव (७१३) र गीता गोदार क्षेत्री (५२७) र बैजनाथ गाउँपालिकाबाट सिताराम थारु (६५०) निर्वाचित भएका छन् । यस्तै डुडुवा गाउँपालिकाबाट कुन्नीकुमारी कलवार र खेमनाथ तथा बैजनाथ गाउँपालिकाबाट कोकिला शर्मा निर्विरोध निर्वाचत भएका छन् ।
कांग्रेस बाँकेको समावेशी कार्यसमिति सदस्य (खस आर्य महिला) मा सुशिला कार्की (६८१), (खस आर्य) मा विरबहादुर विष्ट (७२८) र देवबहादुर खाँण ठकुरी (६७९) निर्वाचित भएका छन् । यस्तै सदस्य (आदीवासी जनजाती) मा अशोककुमार श्रेष्ठ (७१६), (मधेशी महिला) मा पुष्पा आचार्य शुक्ला (७३०), (मधेशी) मा शरदचन्द्र वर्मा (७५९), (दलित महिला)मा दुर्गाकुमारी बिक (७७४), (दलित) मा भिमबहादुर बिश्वकर्मा (७२७), (थारु तर्फ) मा बुधिराम थारु (७५१), (मुस्लिम महिला) मा गुड्डी मनिहार (६७०) र (मुस्लिम)मा जलिल अहमद ढपाली (६८२) मत प्राप्त गरि निर्वाचित भएका छन् । समावेशी सदस्य (अपांग)मा अमृतकुमार आचार्य र (थारु महिला)मा लालतादेवी थारु निर्विरोध निर्वाचित भएका छन् ।
महासमिति सदस्य तर्फ क्षेत्र नम्बर १ मा चुडामणि कँडेल, चिन्तामणि धिताल, नारायणप्रसाद गौडेल, पूर्णप्रसाद आचार्य, महाबीर ओली, गौराकुमारी अधिकारी(भट्टराई) द्रोपदी वली क्षेत्रिनी, लुटबहादुर खत्री र फुलाराम थारु निर्वाचित भए, भने कृष्णचन्द्र मौर्य र ईशाक जोलाह निर्विरोध भएका छन् ।
यस्तै क्षेत्र नम्बर २ मा डा. सुरेशकुमार कानोडिया, निरन्जनसिंह सिजापति, किरण कोइराला, राजकुमार कुर्मी(वर्मा), गजेन्द्रबहादुर हमाल, सुलोचना शर्मा(रिजाल) र नरेन्द्रकुमार चौधरी निर्वाचित भएका छन्, भने मैकुलाल बाल्मिकी, निजामुद्धिन अन्सारी (छोड्काउ), भारती जोशी र माया पुन निर्विरोध भए ।
यसैगरी क्षेत्र नम्बर ३ मा प्रकाशबहादुर शाही, मेघराज ओली, कपिलदेव शर्मा, लक्ष्मी नारायण शाह, टेकबहादुर खड्का, निर्मला रोकाय र उमाकुमारी थापा निर्वाचित भएका छन्, भने युवराज शर्मा, दुखीराम लोनिया, आशा विक र चन्तराम थारु निर्विरोध भएका छन् ।