नेपालगन्ज : कर्मचारी मिलन केन्द्र बाँकेको अध्यक्षमा कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक खडानन्द अधिकारी चयन भएका छन् । हालै कोहलपुरमा सम्पन्न भएको अधिवेशनले नयाँ कार्यसमिति पदाधिकारी चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोबिन्द प्रसाद पाण्डे, सचिवमा औद्योगिक क्षेत्र लिमिटेडका कार्यालय प्रमुख, कृष्ण पुन, सहसचिवमा कुखुरा विकास फर्म खजुराका कार्यालय प्रमुख डा.शंकर न्यौपाने, कोषाध्यक्षमा खाद्य प्रविधीतथा गुण नियन्त्रण कार्यालयका कार्यालय प्रमुख अमित भूषण सुमनलाई चयन गरेको छ ।
कार्यसमिति सदस्यमा जिल्ला अदालत बाँकेका श्रेस्तादार तर्कराज भट्ट, औषधी व्यवस्था कार्यालयका कार्यालय प्रमुख निनु श्रेष्ठ, खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयका कार्यालय प्रमुख सन्तोष दाहाल, कर्मचारी सञ्चय कोष कोहलपुरका अधिकृत मनोज लामिछाने, डिभिजन वन कायालय बाँकेका सहायक वन अधिकृत गणेशबहादुर खड्का, कृषि अनुसन्धान निर्देशनालय खजुराका प्राविधिक अधिकृत सुमन बोहरा र रविन गिरी तथा नेपालगंज उपमहांनगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठ लाई चयन गरेको छ ।
त्यसैगरी अधिवेशनले मिलन केन्द्रको सल्लाहकारमा जिल्ला अदालत बाँकेका न्यायाधीश खडानन्द तिवारी, संरक्षकमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, सल्लाहकारमा प्रमुख सेनानी जनमत कार्की, प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरी उपरिक्षक जनकराज बस्नेत, उप अनुसन्धान निर्देशक नरेन्द्र गिरीलाई समेत चयन गरेको छ ।
नवनिर्वाचित कार्य समितिले नियमित रुपमा अतिरिक्त क्रियाकलाप तथा मनोरञ्जन, खेदकुद, रक्तदान, कर्मचारीहरुको स्वागत तथा विदाइ, नववर्षमा शुभकामना आदान प्रदान जस्ता गतिविधीहरु सञ्चालन गर्ने प्रतिवद्वता समेत जनाएको छ ।