नेपालगन्ज : नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको बागडोर अब माओबादी केन्द्रले लिने बताएका छन् । यसका लागि आसन्न निर्वाचन माआबादीले जित्नै पर्ने धारणा राखे । नेपालगन्जमा बिहीबार पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘राजनीतिक रुपमा हामीले लिइरहेका छौं, अब ब्यवहाररिक रुपमा पनि लनेछौं, त्यसका लागि सबै सर्मपित भएर लाग्न, एकतावद्ध भएर लाग्न अनुरोध गर्दछु ।’
पार्टीले जितेपछि इज्जत, सम्मान, प्रतिष्ठा, सहिदको सपना, बेपत्ताको सपना पुरा हुने बताए । विगतमा भएका कमी कमजोरीलाई सच्याएर सहिद परिवार, बेपत्ता परिवार, घाइते परिवारका माझमा आत्मालोचना गर्न तयार रहेको अध्यक्ष दाहालले बताए । पार्टीको सम्पन्न महाधिवेशनमा गल्ती कमजोरीलाई सच्याएर आत्म समिक्षा गरिसकेको पनि उनको भनाई छ ।
अर्को प्रसंगमा दाहालले सम्पूर्ण ताकतका साथ स्थानीय निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न लाग्नुपर्ने निर्देशन दिए । यस्तै उनले गठबन्धनलाई कसरी सफल पार्ने भन्नेतिर ध्यान दिन निर्देशन पनि दिए । निर्वाचनका लागि पाँच दलिय गठबन्धन बन्ने सहमती भइसकेपछि अब केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरसम्म संयन्त्र बनाइने बताए ।
संबिधान, राष्ट्रियता र लोकतन्त्र रक्षाका निम्ती गठबन्धन बनाइएको र गठबन्धनलाई बचाउने आफुहरुको जिम्मेवारी रहेको दाहालले बताए । अध्यक्ष दाहालले आ–आफ्नो ठाउँको स्थितीका बारेमा पनि राम्रो मुल्यांकन गर्नुपर्ने कार्यकर्तालाई बताए ।
‘कहाँ कस्तो स्थिती छ, कस्तो समिकरण बनाउँदा हाम्रो राम्रो परिणाम निकाल्न सक्छौं, त्यो कुराको हाम्रो पार्टीको तर्फबाट तथ्यांक संकलन गर्नतिर लाग्नुपर्यो, साथ साथै अन्य पार्टीका स्थानीय नेतासँग समन्वय गर्ने, सम्भव त भोली (शुक्रबार) सम्म सर्कुलर आउँछ,’ उनले भने ।
नेपालमा कम्युनिष्ट आन्दोलनको मुल धार को हुने भन्ने लडाई एमाले र माओबादीबीच चलेको बताए । २०६४ को निर्वाचनमा प्राप्त गरेको उपलब्धीलाई बचाउन नसकेकोमा दुःख ब्यक्त गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, ‘२०७९ मा हुन लागेको चुनावमा हामीलाई ठुलो अवसर आएको छ, जनताले हामीलाई टेस्ट गर्न खोजेको देखिन्छ, माओबादीलाई एकचोटी हेर्ने हो भन्ने जनमत बन्दै गएको छ ।’
‘प्रतिक्रियावादी’ ले माओबादीलाई जसरी भएपनि कमजोर बनाउनुपर्छ भनेर लागिरहेको आरोप लगाए । सबै समुदायको पहिचान र अधिकारका लागि माओबादीमाथी जनताले विश्वास गरेको दाबी गरे । नेपालगन्जस्थित माओवादी नेता स्वर्गिय दामोदर आचार्यको १३ औं दिनको पुण्यतिथीमा सहभागी हुन अध्यक्ष दाहाल नेपालगन्ज आईपुगेका हुन् ।
भिडियो हेर्नुस् :