कोहलपुर : : नेपाली काँग्रेसमा थारु समुदायको इतिहास लामो छ । मुलुकको हरेक परिवर्तनमा नेपाली काँग्रेसमै रहेर थारु समुदायले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन । त्यसैले मैले भन्ने गरेको छु, नेपाली काँग्रेसमा थारु समुदायको लामो इतिहास छ । बाँके थारु बाहुल मध्येकै एक जिल्ला हो । कोहलपुरमा थारु समुदायको ठूलो बस्ती छ ।
स्थानीय तहको निर्वाचनमा थारु समुदायको प्रतिनिधित्वको विषयमा जवरजस्तरुपमा विभिन्न खाले वहस र टिप्पणी भइरहेका छन । त्यसलाई अन्यथा लिनु हुँदैन् भन्ने नै लाग्छ । किनभने हरेक क्षेत्रमा समानुपातिक र समावेशीको कुरा गर्दै गर्दा कोहलपुर नगरपालिकाको नेतृत्वमा थारु समुदायको प्रतिनिधित्व हुनु पर्छ भनेर आवाज उठ्नु र उठाउनुलाई अन्यथा लिनु हुँदैन ।
तर, काँग्रेसले थारु समुदायको प्रतिनिधित्व गराउन सकेन् वा गराएन भन्नुको अर्थ म देख्दिन । थारु समुदायको इतिहासनै काँग्रेस हो । काँग्रेस पार्टीको सिद्धान्त र विचार बोकेको एउटा इतिहास नेतृत्वमा नआउँदैमा सबै थोक सकिहाल्छ भनेर भन्नु त्यो मिथ्या कुरा मात्रै हो ।
कोहलपुर नगरपालिकाको नगर प्रमुख पदमा पार्टीले १३ जनाको नाम सिफारिस गर्यो । त्यसमा सञ्जुकुमारी थारु र म फुलाराम थारु पनि हो । पार्टीले नाम त सिफारिस गरेकै होनी ? चुनाव लड्ने एक जनामात्रै हो । पार्टीले पूर्णप्रसाद आचार्यलाई टिकट दियो । उपप्रमुख पदमा थारु समुदायबाट एक जनाको पनि नाम सिफारिस थिएन ।
हाम्रो ध्यान उपप्रमुख भन्दा प्रमुखमै गएको कारण उपप्रमुखमा संगीता सुवेदीले टिकट पाउनुभयो । कोहलपुर नगरपालिकामा १५ वटा वडा छन् । तीमध्ये पाँचवटा वडा अध्यक्षमा थारुले टिकट पाएका छन । सदस्य पदमा पनि अधिकांश थारु छन ।
त्यसैले कोहलपुर नगरपालिकामा नगर प्रमुख र उपप्रमुखमा थारु समुदायलाई टिकट दिइएन् भन्ने कुरा संयोगमात्रै हो । यसमा मलाई के लाग्छ भने पार्टीले पूर्वाग्रही राखेर, थारु भएकै कारण पार्टीले टिकट नदिएको भन्ने कुरा नितान्त गलत र भ्रामक हुन । अहिले काँग्रेसले उठाएका कोहलपुर नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्य भन्नुस वा उपप्रमुख पदका उम्मेदवार संगीता सुवेदी ।
दुवै जना उम्मेदवार काँग्रेसका होनहार र युवा हुनुहुन्छ । उहाँहरुसँग कोहलपुर नगरपालिकालाई सम्बृद्ध र विकसित नगरपालिका बनाउने योजना छ । त्यसैले उहाँहरुलाई जिताएर कोहलपुरलाई नमुना पालिका बनाउनु सबै आमाबुवा, दाजुभाई तथा दिदी बहिनीहरुको दायित्व हो । यो दायित्वबाट अव कोहीपनि चुक्नु हुन, भन्ने लाग्छ ।