नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा वडा नम्बर १० मा कांग्रेसका उम्मेदवारहरु मतदाताको प्रतिक्रियाबाट उत्साहित भएका छन् । घरदैलोका क्रममा मतदाताले उपमहानगरपालिका र वडाको समृद्धिका लागि कांग्रेसलाई मतदान गर्ने बताएका हुन् । मतदाताको प्रतिक्रियाले घरदैलोमा पुगेका उम्मेदवारहरु उत्साहित भएका हुन् ।
नेपाली कांग्रेससहित गठबन्धनबाट नगर प्रमुख पदका साझा उम्मेदवार प्रशान्त विष्टसहितको उपस्थितीमा गरिएको घरदैलोका क्रममा अधिकांस मतदाताले नगर प्रमुख र उपप्रमुख सहित वडाका सबैलाई मतदान गर्ने प्रतिवद्धता जनाएका थिए ।
उक्त वडामा वडाअध्यक्षमा कांग्रेसबाट नरबहादुर बिष्ट, वडासदस्यमा शिवराज सिग्देल र सन्तोष श्रेष्ठ, महिला तथा दलित महिला सदस्यमा सुनिता कोरी र राम उरेही नाउनी उम्मेदवार छन् । ‘मतदाताको माया र स्नेहले गर्दा हामीलाई उत्साह जागेको छ,’ वडाअध्यक्ष पदका उम्मेदवार बिष्टले भने ‘मतदाताको हौसलाले दिनहुँ हाम्रो पक्षमा माहोल बन्दै गएको छ ।’
नेपालगन्ज उपमहानगरपालिका १० महत्वपूर्ण वडाको रुपमा चिनिन्छ । पुर्वप्रधामन्त्री स्वर्गिय सुशिल कोइराला मतदाता रहेको वडा पनि यही हो । २०७४ सालको स्थानीय निर्वाचनमा उक्त वडामा कांग्रेसले वडाअध्यक्षसहित सबै वडा सदस्य जितेको थियो ।
‘यसपटक पनि हामीले यो वडामा आफ्नो विरासत जोगाउँछौं, मतदाताबाट एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ, यहाँका मतदातालाई कांग्रेस बाहेक अर्को पार्टीको विकल्प नै छैन,’ वडा सदस्यका उम्मेदवार सिग्देलले भने । त्यसकारण कांगे्रसले आफ्ना योग्य उम्मेदवारलाई मैदानमा उतारेको छ ।
राजनीतिक हिसाबले यो वडा कांग्रेसको गढ पनि मानिन्छ । यो वडामा राजनीतिक नेता, बुद्धिजिवी, डाक्टर, वकिल लगायतको उल्लेख्य बसोबास छ । त्यसकारण यहाँका मतदाताले हरेक निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्छन् ।
‘यसपटक नगर प्रमुखको नेतृत्व कांग्रेसका प्रशान्त विष्टले गर्ने लगभग निश्चित भइसकेको छ, नगर प्रमुखले नेतृत्व गरेको पार्टीका उम्मेदवारलाई वडामा जिताइयो भने मात्र वडाको विकास हुन सक्छ, अरुलाई जिताइयो भने पछुतो मान्नु बाहेक अरु केही हुदैन,’ नेपालगन्ज–१० का मतदाता भन्छन् ।