बाँके (खजुरा) : बाँकेको खजुरामा गठबन्धन उम्मेदवारको संयुक्त प्रचार प्रसार तिव्र पारिएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले खजुराका विभिन्न वडामा प्रचार प्रसारलाई तिब्रता दिएका हुन् ।
उक्त गठबन्धनका तर्फबाट खजुरा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओदवादी केन्द्रबाट डम्बर विक ‘तुफान’, नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्षमा मञ्जु मल्ल उम्मेदवार रहेकी छन् । निर्वाचन मिति नजिकिएसँगै गठबन्धनका उम्मेदवारको प्रचार प्रसार सशक्त रुपले अगाडी बढेको हो ।
घरदैलो अभियानमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, सर्बसाधारण लगायतको उत्साहजनक सहभागिता हुने गरेको छ । घरदैलो अभियानका क्रममा गठबन्धनका उम्मेदवारले जनताका समस्या टिपोट गर्दै निर्वाचित भएपछि पुरा गर्ने प्रतिवद्धता जनाइरहेका छन ।
खजुरा गाउँपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । खजुरा गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीले ८ वडा मध्ये ४ वडामा गठबन्धन गरेका छन । वडा नम्बर १ र ३ मा कांग्रेसले वडा अध्यक्ष तथा २ र ४ नम्बर वडामा माओवादी केन्द्रले वडाअध्यक्षको उम्मेदवार भागबण्डा गरेका छन । अन्य ४ वडामा भने एकल प्रतिस्पर्धा रहेको छ ।
गठबन्धनका तर्फबाट संयुक्त निर्वाचन परिचालन कमिटी समेत गठन गरेर चुनावी गतिविधी अगाडी बढाइएको छ । जसको संयोजकमा राजकुमार बिक र सहसंयोजकमा रामजी शर्मा रहेका छन् ।
यस्तै सदस्यमा कांग्रेस र माओबादी केन्द्रका खजुरा गाउँ कमिटी, वडा कमिटी एव भातृ संगठन र शुभेच्छुक संघका सम्पूर्ण पदाधिकारीलाई सदस्यमा राखिएको छ । यसैगरी सचिवालय संयोजकमा दीपबहादुर थापा र सह(संयोजकमा शरद पोखरेल रहेका छन् ।