काठमाडौं : वरिष्ठ संगीतकार बिबि अनुरागीले तीज गीत ‘रुममै नाचिन्छ, जुममै नाचिन्छु’ सार्वजनिक गरेका छन् । उनले उक्त गीत अनुरागी युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
गीतमा स्वर लोकप्रीय गायीका ज्योति मगरको आवाज रहेको छ। गीतको रचना सिद्धहस्त गीतकार सुमन श्रापितले गरेका हुन् । गीतको रचनामा कोरोना कहरमा भीडभाड नगरी आफ्नो घरमै बसौं, रुममै नाचौं भन्ने विषयलाई उठाईएको छ । यसपाली रुममै नाचौ अनि जुममै नाचौ र तीज मनाऔँ भनेर गीत मार्फत सामाजिक सन्देश प्रवाह गरिएको छ ।
गीतको संगीत संयोजन श्यामश्वेत रसाईलीको रहेको छ । प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो, काठमाडौंमा रेकर्ड गरिएको यो गीतका रेकर्डिष्टहरु कलम थापा, गोबिन्द अनेक र किरण बिश्वकर्मा रहेका छन्, भने गीतको माष्टरिङ श्यामश्वेत रसाईलीको रहेको छ ।
गीतमा गायिका ज्योति मगर, उत्साह घिमिरे, बिबि अनुरागी श्यामश्वेत रसाइली, सुकुराम रसाइली, कमल कुमार बिश्वकर्मा, गोबिन्द अनेक, कमल थापा, आदर्श बिश्वकर्मा, किरण बिश्वकर्मा, निशान्त बिश्वकर्मा आदिको अभिनय रहेको छ ।