कोहलपुर : कोहलपुर नगरपालिकामा कांग्रेसका उम्मेदवारले थारु समुदायका मुद्धा प्राथमिकतामा राखेको बताएका छन् । कोहलपुरमा शनिबार थारु समुदायबीच भएको छलफलमा नेपाली कांग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्य, नगर उप-प्रमुख पदकी उमेदवार संगीता सुवेदी लगायतले यो थारु बाहुल क्षेत्र भएकाले थारु समुदायका मुद्धालाई प्राथमीकता दिने बताएका हुन् ।
लामो समयदेखि विवादका विच बन्न नसकेको थारु संग्रालय आफूहरु निर्वाचित भए लगत्तै निर्माण गर्ने प्रमुख पदका उम्मेदवार आचार्यले बताए । थारु समुदायको कला, संस्कृति संरक्षणका लागि संग्रालय आवश्यक रहेको उनको भनाई छ ।
थारु समुदायको हक र हितमा काम गर्नका लागि आफूहरु सधै तत्पर रहने उपप्रमुख पदका उम्मेदवार सुवेदीले बताईन् । तर यसका लागि नेपाली कांग्रेसलाई जिताउन आवश्यक रहेको आचार्य र सुवेदीको जोड छ ।
सो क्रममा कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जुकुमारी चौधरी, नेपाली कांग्रेसका नेताहरु फुलाराम थारु, जागेश्वर थारु लगायतले पनि अबको विकल्प कंग्रेस नै भएको बताएका थिए । यसैबीच शनिबार कांग्रेसका उम्मेदवारले कोहलपुर १५ मा घरदैलो गरिरहेका छन् ।
घरदैलोका क्रममा मतदाताले युवा अवस्थामा जोस जाँगर र न नयाँ सोच हुने भएकाले यस पटकको निर्वाचनमा कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्यलाई मतदान गर्ने बताए । निर्वाचन आउन ६ दिन बाँकी रहदा उम्मेदवारले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
गर्मी पनि नभनेर छाताको साहारामा मतदाता पनि घरदैलोमा आफै सहभागी भएका छन् । मतदाताहरुको उत्साहले काम गर्नका लागि प्रेरित गरेको प्रमुख पदका उम्मेदवार आचार्यले बताए ।
पछिल्लो समयमा नेपाली कांग्रेस कोहलपुरका अगुवा तथा प्रभावशाली नेताहरु भानुभक्त भट्टराई, बलराम शर्मा, नारायण सिग्देल, राजेन्द्र श्रेष्ठ, फुलाराम थारु, जागेश्वर थारु लगाएतका नेताहरु पनि घरदैलो तथा मतदाता भेटघाटमा सक्रिय रुपमा लागेपछि कोहलपुर नगरमा नेपाली काँग्रेसको पक्षमा जनलहर थप बढेको स्थानीय बासिन्दा बताउँछन् ।