काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाको सोमबार आगामी निर्वाचनका लागि प्यानलसहित उमेदवारी घोषणा गरेका छन ।
वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली, उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठ तथा विज्ञानराज शर्माले उपाध्यक्षमा उमेदवारी दिएका छन ।
सदस्यहरूमा सिराहाका प्रतिनिधि प्रविण यादव, साँगा क्लबका वरिष्ठ उपाध्यक्ष रुपेश अधिकारी, फ्रेन्डसका अध्यक्ष दीपक थापा, लमजुङका लोकेन्द्र गुरुङ, बाग्लुङका रामराजा गुरुङ, मकवानपुरका अध्यक्ष टिकाराम लामा, बाँकेका प्रदेशसिंह राठौर, जुम्लाका अध्यक्ष भरत बुढथापा, मछिन्द्रका टिम ब्यवस्थापक अनिल श्रेष्ठ, च्यासलका अध्यक्ष रमेश व्यन्जनकार, खुमलटार युवा क्लबका अध्यक्ष मणिराज विष्ट, टोखा भगवती क्लबका अध्यक्ष मनिश जोशीको उमेदवाी घोषणा भएको छ ।
महिलामा सदस्यमा सर्वसम्मत गराउने प्रयास भैरहेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । तुलाधरले घोषणा भएका नामहरु परिस्थितिअनुसार थपघट हुन सक्ने बताए । कार्यक्रममा राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठ, सहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रका अध्यक्ष सुनील कपालीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
एन्फा निर्वाचनका लागि प्यानल घोषण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यद्वय इन्दिरा जोशी र रेनु श्रेष्ठ पनि उपस्थित थिए । अध्यक्ष पदका लागि यसअघि अहिलेका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले उमेदवारी घोषणा गरिसकेका छन ।
नेम्वाङको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा बीरबहादुर खड्काले उमेदवारी दिएका छन् । नेम्वाङको प्यानलमा अन्य पदमा उमेदवारी घोषणा भएको छैन । तथापि, उनकै प्यानलमा खुलेका भोजराज शाहीले पनि केन्द्रीय सदस्य पदका लागि उमेदवारी दिएका छन ।