नेपालगन्ज : प्रशिद्ध धार्मिक पर्यटकीय स्थल बर्फानी बाबा आश्रमको विकासका लागि राप्ती सोनारी गाउँपालिकाले आवश्यक पहल सुरु गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने उक्त आश्रम पछिल्लो समय जिल्लाको महत्वपुर्ण धार्मिक पर्यटकीय स्थलका रुपमा परिचित छ ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले आश्रममा पुगेर मन्दिर शिलान्यास गरेका छन् । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटबाट १५ लाख रुपैयाँको लागतमा शिव मन्दिर निर्माण गर्न लागेको हो ।
बर्फानी बाबाको आश्रमलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न गाउँपालिकाले मन्दिर सहितका संरचना निर्माण गर्न लागेको हो । गाउँपालिका अध्यक्ष लाहुराम थारुले आश्रममा पुगेर मन्दिर शिलान्यास गरेका छन् । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटबाट १५ लाख रुपैयाँको लागतमा शिव मन्दिर निर्माण गर्न लागेको हो ।
यसैगरी आश्रमसम्म पुग्ने बाटो निर्माण गर्न १० लाख रुपैयाँ खर्च गरिने गाउँपालिकाले जनाएको छ । बर्फानी बाबाको आश्रमको विकास गरी त्यहाँ धेरै भन्दा धेरै धार्मिक पर्यटकलाई ल्याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष थारुको भनाई छ ।
भगवान शिवको शक्तिले नै आफु यहाँ लामो समयदेखी बस्दै आएको बाबा बर्फानी बताउँछन् । त्यहाँ दर्शन गर्न जाने भक्तजनको सहयोगमा बाबाले भगवान शिवको मुर्ती प्रतिस्थापन गरेका छन् ।
उक्त स्थानमा बर्फानी नाम गरेका एक जना साधु बस्दै आएका छन् । उनी करिव दुई दशक भन्दा बढी समयदेखी त्यहाँ बस्दै आएका छन् । भगवान शिवको शक्तिले नै आफु यहाँ लामो समयदेखी बस्दै आएको बाबा बर्फानी बताउँछन् । त्यहाँ दर्शन गर्न जाने भक्तजनको सहयोगमा बाबाले भगवान शिवको मुर्ती प्रतिस्थापन गरेका छन् ।
सोही मुर्तीमा भक्तजनले पुजा गर्ने र भाकल गर्ने गरेको पाइन्छ । त्यहाँ भाकल गरेर फर्केपछि मनले चिताएको कुरा पुरा हुने धार्मिक विश्वास छ । ‘त्यहाँ कुनैपनि संरचना बनेको अवस्था छैन, भक्तजनको सहयोगले ढुंगाको मुर्ती राखेर संरक्षण गरेको अवस्था छ,’ अध्यक्ष थारुले भने ‘धार्मिक स्थल राम्रो ठाउँ हुँदा हुदैपनि नेपाल सरकार र स्थानीय सरकारले भरपर्दो योजना वा कुनै चिज लगानी नगरेको कारणले गर्दा गाउँपालिकाले यसमा हात हालेको हो ।’
बाँकेको पुर्वी दक्षिण क्षेत्रमा अवस्थित उक्त आश्रममा हिन्दु धर्ममा आस्था राख्ने ब्यक्तिहरु पुग्ने गरेका छन् । घना जंगल र चुरे पहाडको चुचुरोमा अवस्थित उक्त आश्रममा दर्शन र भाकल गर्नका लागि बाँकेसहित विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट ठुलो संख्यामा हिन्दु धर्माबलम्वी पुग्ने गर्छन् ।