बाँके (डुडुवा) : डुडुवा गाउँपालिकाका एक शिक्षकले गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीलाई बदनाम गर्न खोजेको घटनाप्रति ध्यानाकर्षण गरिएको छ ।
यही जेठ १८ गते नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले आधारभुत विद्यालय डुडुवा-१ चौफेरीका शिक्षक भुपेन्द्र रेग्मीलाई डुडुवा गाउँपालिका अध्यक्ष चौधरीले ज्यान मार्ने सम्मको दिएको अभिव्यक्ती भन्दै उल्लेख गरी प्रकाशित विज्ञप्ती प्रति अध्यक्ष चौधरीले गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
अध्यक्ष चौधरीले एक विज्ञप्ती जारी गर्दै गाउँपालिकालाई नै बदनाम गर्ने गरि गलत प्रचारवाजी गर्ने संगठन तथा व्यक्तीका बारेमा स्पष्ट धारणा बुझी कडा कारवाही गर्न माग गरेका हुन् ।
‘मलाई निज शिक्षक रेग्मीले आफै पटक पटक राजनीतिक विषयलाई लिएर वादविवाद गर्न खोजेका तर मैले सो विषयमा कुनै वास्ता नगरि निज शिक्षक रेग्मी विद्यालयको समयमा प्रायः बाहिर रहेर राजनीतिक गतिविधीमा सक्रिय देखिएपछि जेठ १८ गतेका दिन बिद्यालयको समयमा भएको भेटका क्रममा रेग्मीलाई तपाई विद्यालयको समयमा अन्यत्र स्थानमा जाने राजनीति गर्ने या राम्रो कुरा होईन र विद्यालयको समयमा उपस्थित भई अध्यापनमा विशेष ध्यान दिने कुरा मात्र गरेको तर उक्त कुरालाई तोडमोड गरी मेरो अध्यक्ष पदको गरिमामाथी समेत खिल्ली उडाएर व्यक्तिगत चरित्र हत्या गर्ने किसिमको शब्द प्रयोग गरियो,’ विज्ञप्तीमा भनिएको छ ।
गाउँपालिका अन्र्तगत कार्यरत अरु शिक्षकलाई आफुले केही नभनी रेग्मीलाई मात्रै किन भन्ने र आफुसँग व्यक्तिगत केही कुरा गर्नुपर्ने भएमा जहिले पनि संवाद गर्न सकिने चौधरीले बताएका छन् । गाउँपालिकाका सम्पुर्ण शिक्षकलाई विशेष गरि विद्यालय समयमा इमान्दारिता पुर्वक आफ्नो पठन-पाठनको कार्यमा जिम्मेवारी वहन गर्न अनुरोध गरिएको छ ।
गाउँपालिकालाई नै बदनाम हुने गरि गरिने यस्ता क्रियाकलापले ठुलो आँच आउने ठहर गर्दै संगठनले गलत, अपुष्ट, तथा एकोहोरो रुपमा अरुलाई तिरस्कृत र मानहानी गर्ने किसिमको कुरा बाहिर आएको घटनालाई स्थानीय प्रशासनसँग आवश्यक छानविन गरि दोषीलाई कडा कारवाही गर्न माग गरिएको छ ।