नेपालगन्ज : बाँकेमा क्रियाशिल कांग्रेस नेतृहरु संगठित भएका छन् । एनसी ओमेन लिडरसिप फोरम गठन गरिएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य माया पुनमगरको अध्यक्षतामा लिडरसिप फोरम गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा उमा थापा, सचिव सञ्जुकुमारी चौधरी, सहसचिव सविना वली, कोषाध्यक्ष ऋचा लुइँटेल रहेका छन् । यसैगरी सदस्यमा नारायणी रुपाखेती, केशकुमारी वली (भण्डारी), गिता राना, रुक्मिना शर्मा, संगिता सुवेदी, मनिषासिंह थारु, साहिदा बानो, मञ्जु मल्ल, निर्मला रोकाय, रामप्यारी यादव, भावना चौधरी, सुनिता आले, मिना सिद्धिकी, रितु श्रीवास्तव, सीता बिएम र सुशिला बादी रहेका छन् ।
फोरमले कांग्रेस नेतृ एवम् कांग्रेसका तर्फबाट निर्वाचित भएका महिला जनप्रतिनिधीको ब्यक्तित्व तथा नेतृत्व विकासका साथै विभिन्न विषयमा वकालत गर्ने अध्यक्ष पुनले बताइन् । भेलामा बोल्ने महिला नेतृले जति काम गरेपनि पार्टीले मुल्यांकन नगरेको गुनासो गरे ।
राजनीतिमा आफुहरुलाई पुरुषहरुले पछाडी पार्ने काम गरेको उनीहरुको भनाई छ । हरेक काममा पुरुषले मात्रै अवसर पाउने र महिलालाई अझैपनि फरक दृष्टिकोणले हेर्ने प्रवृत्ती रहेको बताए ।
भेलामा कांग्रेसको विभिन्न तहमा रहेका नेतृ, स्थानीय तहका उपप्रमुख सहित महिला जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।