- 'महिला र पुरुष बिना समाज नै चल्दैन' : प्रदेश सांसद केसी
नेपालगन्ज : क्रियाशिल पत्रकार महिला समुह(डब्लुडब्लुजे) बाँकेले बुधबार शुभकामना आदान–प्रदान तथा तीज मिलन कार्यक्रम गरेको छ । कार्यक्रममा उपस्थित भएका जिल्लाका पत्रकार महिलाहरु तीजका विभिन्न गीतमा छम छमी नाचे ।
कार्यक्रमका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसी नमुना, क्रियाशिल पत्रकार महिला समुह बाँकेका संस्थापक अध्यक्ष अछरी पोखरेल, समुहका संस्थापक सचिव एवम् नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपमेयर उमा थापामगर, समुहका निर्वतमान अध्यक्ष अमृता केसी, नेपाली लेखक संघका केन्द्रिय सदस्य एवम् साहित्यकार ऋचा लुईटेल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य सरला सुवेदी, महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य सन्ध्या शर्मा लगायतले नृत्य प्रस्तुत गरेका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केसीले महिला र पुरुष बिना समाज नै नचल्ने बताइन् । ‘केही शारिरीक बनावटमा हामी फरक छौं, महिला र पुरुष बिना समाज चल्दैन,’ उनले भनिन् ‘महिला र पुरुष नभई नहुने श्रृष्टीकर्ता नै हुन्, सामाजिक रुपान्तरण गर्नुपर्छ भनेर हिडेका महिलाबाटै सुरुवात गर्नुपर्छ ।’ कुनै बेलामा तीज महिलाका लागि वेदना पोख्ने पर्वका रुपमा रहेपनि अहिले अवस्थामा धेरै परिवर्तन आइसकेको बताइन् ।
क्रियाशिल पत्रकार महिला समुह बाँकेका कार्यबाहक अध्यक्ष साबित्री गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्रियाशिल पत्रकार महिला समुह बाँकेका संस्थापक अध्यक्ष पोखरेल, समुहका संस्थापक सचिव एवम् नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपमेयर थापा, निर्वतमान अध्यक्ष केसी, पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, नेपाली लेखक संघका केन्द्रिय सदस्य एवम् साहित्यकार ऋचा लुईटेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
भिडियो हेर्नुस् :