नेपालगन्ज : आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (एकिकृत समाजवादी) पार्टीले आफ्ना उम्मेदवार छनोट गरेको छ । नेपालगन्जस्थित पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा २९ जनाको नाम सिफारिस गरेको जानकारी दिएको हो ।
उक्त पार्टीले बाँकेमा रहेका ३ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य अशोक कोइरालाले उम्मेदवारको नाम छनोट गरी केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको बताए । पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य अब्दुल हुसेन खाँ, बाँके जिल्ला अध्यक्ष इन्द्र बहादुर थापा लगायतका समाजवादी नेताहरुको उपस्थिती रहेको थियो ।
यि हुन सिफारिसमा परेका नाम :
प्रतिनिधी सभा क्षेत्र नम्बर १
यमबहादुर आले, मन्जु कोइराला, इतिवारी थारु,
प्रदेश सभा १ 'क'
राम कृष्ण विक, प्रमिका शाही, केशव राम यादव,
प्रदेश सभा १ 'ख'
अशोक कोइराला, अब्दुल हुसेन खाँ, केशकुमारी भुषाल
प्रतिनिधी सभा क्षेत्र नम्बर २
विनोद मैनाली, महेन्द्रराज शर्मा, मौलाना अब्दुल जब्बार साफी, तुलसा थापा
प्रदेश सभा २ 'क'
लक्ष्मणप्रसाद गौतम, सुनिता बर्मा, शान्ता थपलिया
प्रदेश सभा २ 'ख'
समसुद्दिन सिद्धिकी, डम्बरबहादुर थापा, करिश्मा कुमारी योगी
प्रतिनिधी सभा क्षेत्र नम्बर ३
दलबहादुर सुनार, होमनाथ सापकोटा, लक्ष्मीसिंह ठकुरी
प्रदेश सभा ३ 'क'
दीपककुमार गौरीमगर, भगवती शाह, मनकुमारी चन्द
प्रदेश सभा ३ 'ख'
इन्द्रबहादुर थापा, लालबहादुर खत्री, भद्रप्रसाद देवकोटा, रुपा रावल