नेपालगन्ज : हरितालिका तीजको अवसरमा चलचित्र पत्रकार संघ बाँकेले पत्रकार तथा सञ्चारकर्मीलाई शुक्रबार जमघट गराएको छ । संघले नेपालगन्जमा हरितालिका तीज विशेष भेटघाट कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, सञ्चारिका समुह लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज, सञ्चारिका समुह बाँके र क्रियाशिल पत्रकार महिला समुह बाँकेका संस्थापक अध्यक्ष अछरी पोखरेल, सञ्चारिका समुह बाँकेका अध्यक्ष रुपनी जि.एम, थारु पत्रकार संघ बाँकेका पुर्वअध्यक्ष बिमला चौधरी, अन्नपूर्ण पोष्टका उपसम्पादक शंकर खनाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
चलचित्र पत्रकार संघ बाँकेका कोषाध्यक्ष एवम तीज विशेष कार्यक्रमकी संयोजक निशु जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्ने बक्ताले तीज पर्व महिलाका लागि वेदना पोख्ने मात्रै नभएर आपसमा जमघट गराउने रमाईलो पर्व पनि भएको बताए । चलचित्र पत्रकार संघकी लक्ष्मी तिमिल्सेनाले सञ्चालन गरेको कार्यक्रममा विक्रम बुढाक्षेत्रीले स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा उपस्थित पत्रकारका विभिन्न संघ, संगठनका अध्यक्ष तथा प्रतिनिधीले छोटो समयमै चलचित्र पत्रकार संघले आफ्नो गतिविधीलाई बढाएको र हरितालिका तीजको अवसरमा संघले कार्यक्रम गरेकोमा प्रशंसा समेत गरेका थिए ।
सो क्रममा चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य सरला सुवेदी, महासंघ बाँकेका सचिव कमल डाँगी, कार्यसमिति सदस्य भिष्म लोध, प्रेस चौतारी बाँकेका उपाध्यक्ष रेजिना मल्ल, नेपाल प्रेस युनियन बाँकेका सचिव विजय मल्ल, आदीवासी जनजाती पत्रकार संघ बाँकेका पुर्वअध्यक्ष समिरमान श्रेष्ठ, कृषि पत्रकार संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष खगेन्द्र दाहाल, क्युएफएक्स नेपालगन्जका प्रबन्ध निर्देशक संजिव शाक्य, पत्रकार ओबिराज आचार्य लगायतको उपस्थिती रहेको थियो ।
भिडियो हेर्नुस् :