कोही दुश्मन तो नही दोस्त के घर से पहले
ये ख्याल आया कई बार सफर से पहले ।
कौन कहता है कि पत्थर का कोई मो नही ?
तुम तराशो तो उसे दस्ते हुनर से पहले ।
आज दामन में अगर लाले यमन हो भी तो क्या
बरसों टपका है लहू दीदा-ए-तर से पहिले
नेपालगन्ज : अब्दुल लतीफ शौंक, उर्दु साहित्यकारका रुपमा एकदमै परिचित नाम हो । उमेरले ८० नाघेपनि साहित्यमा उनको उत्तिकै जोश र जाँगर छ । साहित्यिक रचना लेखेरै उनको समय बित्छ । झण्डै ४ दशक समय साहित्य क्षेत्रमा बिताइसकेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ का साहित्यकार शौंक पुराना उर्दु साहित्यकार हुन् ।
साहित्य क्षेत्रमा शौंकको सक्रियता र दख्खलता निरन्तर बढिरहेको छ । उनी भन्छन्, ‘समय मिलेपछि कुनै न कुनै साहित्यिक रचना लेख्न मन लाग्छ, रचना लेख्दा समय बिताउन सजिलो र आफ्नो इच्छा पुरा हुदो रहेछ ।’ साहित्यकार शौंक उर्दु भाषी साहित्यकारको संस्था ‘गुल्जार ए अदव’ का अध्यक्ष हुन् । उक्त संस्था नेपालगन्जको सबैभन्दा जेठो साहित्यिक संस्थाको रुपमा परिचित छ । सानै उमेरमा साहित्यतर्फ रुची राखेका शौंक आफ्नो जीवनमा ४ दशक भन्दा बढी समय साहित्य क्षेत्रमा बिताइसकेको बताउँछन् ।
मुझे भी फुल बोला जा रहा हैं
मगर काँटो मे तोला जा रहा हैं
मेरी दुयिनाँ कफस है या नशेमन
कहाँ मे राज खोला जा रहा हैं
कुनै समयमा रोजीरोटीका लागि उनले साहित्यिक क्षेत्रसँगै कारिगढ (सुन बनाउने ) पेशा पनि अंगालेका थिए । ‘त्यो बेला साहित्य क्षेत्र मेरो लागि शौंक थियो, कारिगढ काम जीवन धान्ने पेशा थियो,’ उनी भन्छन् ‘दुबैलाई बराबर समय दिएर नै आज मेरो परिवार सुखी छ र मेरो साहित्यिक यात्रा पनि चलिरहेको छ ।’
वि.सं. १९९५ सालमा जन्मेका शौंकले साधारण शिक्षा नेपालगन्जस्थित तत्कालिन मदरसा सतारियाबाट लिएका हुन् । उक्त मदरसा अहिले फैजनब्बी जामा मस्जिदका रुपमा परिणत भएको छ । उनले १९ वर्षको उमेरमा भारत, बाबागन्ज निवासी अनवरी बेगमसँग बैबाहिक सम्बन्ध जोडे ।
विवाह गरे लगत्तै उनले साहित्य क्षेत्रमा कलम चलाउन सुरु गरे । २०२७ सालमा विधिवत रुपमा साहित्य क्षेत्रमा प्रवेश गरेका उनी विगतलाई सम्झिदै भन्छन्, ‘त्यतिबेला हामीहरु करिव १४ जना जति उद्र्धु साहित्यमा भर्खरै लागेका थियौं, आफ्नै घरमा पालैपालो एक महिना वा १५ दिनमा एकचोटी साहित्य कार्यक्रम आयोजना गरिन्थ्यो ।’ उनी २०३३ साल साउन १ गते उर्दु साहित्यिक संस्था गुल्जार ए अदवको अध्यक्ष भएका थिए ।
मुलुकमा थुप्रै राजनीतिक परिवर्तन भए । धेरै साहित्यकार खुलेरै राजनीतिमा लागे, तर साहित्यकार शौंकले राजनीतिलाई पटक्कै चासो दिएनन् । ‘म साहित्यमा राजनीति गर्नु हुदैन भन्ने विचार बोकेको व्यक्ति हुँ, मलाई राजनीति मन पनि पर्दैन, तर राजनीति गर्ने व्यक्तिकै साहित्य क्षेत्रमा हाली मुहाली हुदो रहेछ,’ उनी भन्छन् ।
तत्कालिन पञ्चायत सरकारले त्यतिबेला साहित्यकारलाई स्वतन्त्र पुर्वक आफ्ना रचना लेख्न र बाचन गर्न रोक लगाएको थियो । तरपनि शौंकले निडर भएर कलम चलाए । मुलुकमा थुप्रै राजनीतिक परिवर्तन भए । धेरै साहित्यकार खुलेरै राजनीतिमा लागे, तर साहित्यकार शौंकले राजनीतिलाई पटक्कै चासो दिएनन् । ‘म साहित्यमा राजनीति गर्नु हुदैन भन्ने विचार बोकेको व्यक्ति हुँ, मलाई राजनीति मन पनि पर्दैन, तर राजनीति गर्ने व्यक्तिकै साहित्य क्षेत्रमा हाली मुहाली हुदो रहेछ,’ उनी भन्छन् ।
साहित्यकार शौंकले आफ्नो जीवनको दौरानमा थुप्रै गजलहरु लेखे । त्यसमध्ये केही गजल संग्रह प्रकाशित पनि गरिसकेका छन् । उनले उर्दु र नेपाली गजल समेटेर ‘महक्ते जख्म’, उर्दु भाषाको ‘मताए शौंक’ र उर्दुलाई नेपाली भाषामा उल्था गरी ‘लफ्जो के मोती’–(उर्दु दोहो) नामक गजल संग्रह प्रकाशन गरिसकेका छन् । ‘अझैपनि पनि गजल लेख्ने काम गरिरहेको छु, सबै कुराले साथ दिएपछि अझै अरु किताब निकाल्ने सोच छ,’ शौंक भन्छन् ।
साहित्य क्षेत्रमा गरेको योगदानको कदर स्वरुप दर्जनौं संघ, संस्थाबाट उनी सम्मानित र पुरस्कृत भइसकेका छन् । राज्यको कुनैपनि निकायबाट अहिले सम्म उनलाई अवसर मिलेको छैन ।
साहित्य क्षेत्रमा गरेको योगदानको कदर स्वरुप दर्जनौं संघ, संस्थाबाट उनी सम्मानित र पुरस्कृत भइसकेका छन् । राज्यको कुनैपनि निकायबाट अहिले सम्म उनलाई अवसर मिलेको छैन । परिवारमा पत्नी सहित ६ जना छोरा, ५ जना छोरी, २२ जना नातिनातिना र ४ जना पनाति पनातिनाका अभिभावक हुन्, साहित्यकार शौंक ।
साहित्य क्षेत्रलाई अगाडी बढाउन घर, परिवारबाट उनलाई अहिले पनि ठुलो सहयोग र साथ छ । उनका छोरा छोरी, नातिनातिना व्यापार र जागिर गर्छन्, तर आफ्नो अभिभावकले समाज र देशका लागि स्वयं सेवकका रुपमा गरेको योगदानको परिवारका सदस्यहरु प्रशंसा गर्छन् ।
साहित्य क्षेत्रमा राज्यको चासो र चिन्ता नहुँदा पछिल्लो पिढी कम मात्रामा आर्कषित हुने गरेको उर्दु साहित्यकार शौंकको बुझाई छ । नयाँ पिढीलाई उर्दु साहित्यमा आर्कषित गर्न नसक्दा चिन्तित रहेका उनी सहितका साहित्यकारको समुहले नेपालगन्जमा यसअघिका हरेक महिनाको अन्तिम शनिबार उर्दु भाषी र बहुभाषी गजल गोष्ठी कार्यक्रम गर्ने गरेका थिए । जुन कार्यक्रममा बाँके र बर्दियासहित भारत, उत्तर प्रदेशबाट समेत साहित्यकार जमघट हुन्थ्ये । कोरोना भाईरस (कोभिड-१९) महामारी फैलिएपछि उक्त कार्यक्रम हुन छाडेको छ ।
विजुली तुँफा काँतिल रहजन किस किसकी तुम बाँत करोगेँ,
एक है जाँ और लाखो दुश्मन, किस किसकी तुम बाँत करोगेँ
सुफि, साँधु, शेख व ब्रामहण, किस किसकी तुम बाँत करोगेँ
सबने तोडा पे्रमका दर्पण किस किसकी तुम बाँत करोगेँ