नेपालगन्ज : बाँकेको प्रदेशसभा-२ ‘ख’ का लागि नेपाली कांग्रेसले प्रत्यक्षमा ७ जनाको नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फ २५ जना सिफारिसमा परेका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश सभा निर्वाचनका लागि सिफारिस गरिएको हो ।
प्रदेशसभा-२ ‘ख’ कार्यसमितिले लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालसहित महासमिति सदस्य निरन्जनसिंह सिजापति, सुदिपनरसिंह राणा, उमा थापामगर, सुदिप भट्ट, गोकर्णबहादुर शाही र सञ्जीव कुमार थानीको नाम सिफारिस गरेको प्रदेशसभा-२ ‘ख’ का सभापति जितेन्द्रबहादुर हमालले जानकारी दिए ।
मन्त्री हमाल प्रदेश सभा-२ 'ख' का वर्तमान सांसद हुन् । उनी २०७४ सालको निर्वाचनमा निर्वाचित भएका थिए । यस्तै नेता सिजापति पनि २०७४ सालको निर्वाचनमा प्रदेश सभा-२ 'क' मा उम्मेदवार बनेका थिए । तत्कालिन संघिय समाजवादी फोरमका विजयबहादुर यादवसँग उनी पराजित भएका थिए ।
यसैगरी समानुपातिकतर्फ प्रमोदबहादुर श्रेष्ठ, भारती जोशी, माया पुनमगर, सुरेश श्रेष्ठ, नारायणी रुपाखेती, सुलोचना शर्मा, सीतादेवी काफ्ले, ऋचा द्विवेदी, निजामुद्दिन अन्सारी, बदरुद्दिन अन्सारी, कपिल पाठक, रामकुमार बैश्य, कुन्तलराज शर्माको नाम सिफारिस गरिएको सभापति हमालले बताए ।
त्यस्तै अमृतकुमार आचार्य, सुशिला बादी (नेपाली), फैयाज अलि अन्सारी, जलिल अहमद ढपाली, जंगबिर नेपाली, प्रदिप श्रेष्ठ, राजु थापा, रोशन श्रेष्ठ, अनिल श्रेष्ठ, देवेन्द्रपाल सिंह, अतुल हल्वाई र बालकृष्णा सुवेदीको नाम सिफारिस गरिएको सभापति हमालले जानकारी दिए ।