नेपालगन्ज : बाँकेको प्रदेश सभा-२ ‘क’ बाट नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश सभा-२ ‘क’ का सभापति ज्ञानेन्द्रकुमार चौधरीका अनुसार प्रत्यक्षतर्फ ७ जना र समानुपातिकमा १३ जनाको नाम सिफारिस गरिएको हो ।
प्रत्यक्षतर्फ पहिलो नम्बरमा रमेशकुमार गुप्ता, सुधांशु कोइराला, विजयकुमार यादव, सचिन्द्रकुमार चौधरी, मंगलप्रसाद बर्मा, खिमबहादुर बुढाथोकी र गोपालप्रसाद अधिकारीको नाम सिफारिस गरिएको हो ।
त्यस्तै समानुपातिकतर्फ हलिम खाँ, कुमार अधिकारी, हनिफ खाँ, पूर्णसिंह ठकुरी, लक्ष्मण सिंह, रेणु सिंह ठाकुर, लालमाया क्षेत्री, रत्न राणा, प्रमेश्वरी पाठक, कृष्णा सापकोटा चौधरी, मिना कुमारी बोहरा (सिद्धिकी), श्यामबहादुर थापा मगर र ईश्वरीप्रसाद ज्ञवाली सिफारिसमा परेका छन् ।