नेपालगन्ज : परिवारमा सानो खर्च टार्न पनि चर्को ब्याजमा ऋण नकाढेर सम्भव थिएन । परिवारमा बढेको खर्चलाई व्यवस्थापन गर्नकै लागी पतिलाई बैदेशिक रोजगारीमा पठाउन बाध्य भईन् । अनेक समस्याले पिरोलेपछि आफुले पनि नयाँ उद्यम, व्यवसाय गर्ने सोच बनाईन् ।
उन्नत जातका बाख्रा पालन व्यवसायबाट उनी चम्किन सफल भईन् । ‘आजभोली आफ्नै काम गर्दा दिन बितेको पत्तो हुदैन, अहिले सबै कुराबाट सन्तुष्ट छु,’ राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर निवासी संघर्षशिल महिला उद्यमी बासमती बुढा भन्छिन् । कुनै समयमा आफ्नो परिवारको सानो समस्या टार्न नसक्ने बासमती अचेल अरुलाई परेको समस्याको समेत सारथी बनिरहेकी छन् ।
बासमतीको परिवारको आर्थिक अवस्था अहिले पुरै फेरिएको छ । उनी अहिले हरेक समस्या र अभावदेखी टाढा छिन् । बासमतीले भनिन्, ‘पहिलेको जस्तो परिवारमा आर्थिक समस्या पर्दा तनाव लिनु पर्दैन, आफ्नो समस्याको समाधान आफै गर्न सक्छौं ।’
बासमतीको परिवारको आर्थिक अवस्था अहिले पुरै फेरिएको छ । उनी अहिले हरेक समस्या र अभावदेखी टाढा छिन् । बासमतीले भनिन्, ‘पहिलेको जस्तो परिवारमा आर्थिक समस्या पर्दा तनाव लिनु पर्दैन, आफ्नो समस्याको समाधान आफै गर्न सक्छौं ।’
आठ वर्षअघि सम्म परिवारीक अवस्था निकै कमजोर थियो । छोराछोरीको शिक्षा दिक्षा र परिवारको खर्च धान्न नसकेर उनका पति मदन बुढा एक लाख ५० हजार रुपैयाँ ऋण काढेर वैदेशिक रोजगारीमा जान बाध्य भएका थिए । परम्परागत रुपमा बाख्रा पालन गर्दा बासमती कयौं पटक असफल भएकी थिईन् । जब व्यवसायिक रुपले उन्नत जातको बाख्रा पाल्न थालिन्, त्यसपछि उनको आर्थिक अवस्था उकालोमा चढ्यो ।
निरन्तर रुपले संघर्ष गर्दाको परिणाम स्वरुप उनी सफल उद्यमी बन्न सकिन् । स्थानीय प्रगती स्वाभलम्वी महिला समुहमा आवद्ध रहेकी बासमती गाउँका अन्य थुप्रै महिलालाई पनि आफु जस्तै सफल उद्यमी बनाउँदैछिन् ।
‘अहिले गाउँका अरु दिदि बहिनीले पनि व्यवसायिक रुपले बाख्रा पाल्न थाल्नु भएको छ, यस्तो देखेर मलाई एकदमै खुसी लाग्छ,’ उनले भनिन् । आठ वर्षअघि गाउँको समुहमा आवद्ध भएर बासमतीले व्यवसायिक तालिम लिईन् । त्यसपछि उनले उन्नत जातको घाँस रोपेर आधुनिक खालको खोर तयार गरिन् र दुई वटा बाखाबाट व्यवसायिक रुपले यो पेशा अंगालिन् । बाख्रा पालन व्यवसाय फस्टाउँदा छोटो समयमै उनको अवस्था फेरियो ।
आम्दानी फस्टाएपछि विदेश गएका पति मदनलाई घर फर्काइन् । मदन अहिले बासमतीसँगै काममा व्यस्त हुन्छन् । ‘घरमै कामको चाप छ, अब अर्काको काम गर्नकै लागी मलाई विदेश जानुपर्ने छैन,’ मदनले मुस्कुराउँदै भने । बासमतीले अहिले घरमा उन्नत जातका बाख्राका साथै लोकल कुखुरा, भैसी पालेकी छन् ।
बाख्रा र भैसीको आहाराका आफ्नै जमिनमा घाँस रोपेकी छन् । अहिले उनको बार्षिक आम्दानी नगद २ लाख ५० हजार भन्दा बढी हुन्छ । निरन्तर संघर्ष र मेहनतले उनलाई अहिले ब्यवसायिक कृषक बनाएको छ ।
बाख्रा र भैसीको आहाराका आफ्नै जमिनमा घाँस रोपेकी छन् । अहिले उनको बार्षिक आम्दानी नगद २ लाख ५० हजार भन्दा बढी हुन्छ । निरन्तर संघर्ष र मेहनतले उनलाई अहिले ब्यवसायिक कृषक बनाएको छ । पहिले निर्वाहमुखी अवस्थामा रहेको उनको पेशा अहिले ब्यवसायिक बनेको छ ।
आर्थिक रुपले सक्षम हुदाँ परिवारले छोराछोरीलाई राम्रो शिक्षा दिइरहेका छन् । ग्रामिण क्षेत्रमा संघर्ष गरेको मुल्यांकन स्वरुप बासमतीले केही वर्षअघि अन्र्तराष्ट्रिय स्तरको ‘स्वर्णिम प्रतिभा पुरस्कार’ समेत प्राप्त गरिसकेकी थिईन् । ‘मैले आफ्नो जीवनमा धेरै दुःख कठिनाई भोगेकी छु, अहिले यो स्थितीमा आउँदा सपना जस्तो लाग्छ,’ बासमती भन्छिन् ।