नेपालगन्ज : कुनै बेला नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा समस्याका चाङ मात्रै हुन्थ्ये । जतिबेला उपमहानगरपालिका कार्यालय कर्मचारी संयन्त्रको हातमा थियो । स्थानीय निकायको निर्वाचन नहुँदा झण्डै दुई दशक समय भइसकेको थियो, जनप्रतिनिधी विहिन अवस्थामा चलेको उपमहानगरपालिकामा पाईलै पिच्छे बेथिती मात्र भेटिन्थ्ये, जताततै फोहोर मैलाको थुप्रो, अब्यवस्थित ढल, सडक अतिक्रमण, डुवान ईत्यादी ।
यि समस्याबाट सधैं पीडित भएका नगरबासीले दुई दशकपछि नयाँ संरचनासहित बनेको स्थानीय तह(स्थानी सरकार)मा जनप्रतिनिधीलाई जिताए । जनप्रतिनिधी आएको चार वर्षको अवधिमा अहिले उपमहानगरपालिकाले बिस्तारै मुहार फेर्न थालेको आमनागरिकको बुझाई छ । ‘चार वर्षअघिको नेपालगन्ज उपमहानगर क्षेत्र र अहिलेको अवस्थालाई हेर्दा धेरै परिवर्तन भएको छ, नेपालगन्जले वास्तवमै मुहार फेरेको हामीलाई अनुभुती लागेको छ,’ नेपालगन्ज–१० भृकुटीनगरकी करिश्मा रानाले भनिन् ।
स्थानीय सरकारका रुपमा पहिलो पटक छुट्टै संरचना अनुसार चलेको उपमहानगरपालिकामा जनप्रतिनिधी आईसकेपछि धेरै परिवर्तन आएको अधिकांस स्थानीय बताउँछन् । तर, आशा र अपेक्षा गरे अनुसार भने जनप्रतिनिधीले कतिपय कामहरु गर्न भने नसकेको उनीहरुको ठम्याई छ ।
स्थानीय सरकारका रुपमा पहिलो पटक छुट्टै संरचना अनुसार चलेको उपमहानगरपालिकामा जनप्रतिनिधी आईसकेपछि धेरै परिवर्तन आएको अधिकांस स्थानीय बताउँछन् । तर, आशा र अपेक्षा गरे अनुसार भने जनप्रतिनिधीले कतिपय कामहरु गर्न भने नसकेको उनीहरुको ठम्याई छ । यद्यपी, उपमहानगर क्षेत्रमा उपलब्धी मुलक कामहरु भने भएको स्थानीयको भनाई छ ।
उपमहानगरबासी विगतका अधिकांस समस्याबाट लगभग मुक्त भइसकेका छन् । विगतको जस्तो अहिले बजारमा फोहोर मैलाको थुप्रो देखिदैन । फोहोरमैला ब्यवस्थापनका लागि उपमहानगरपालिकाले ल्याण्डफिल साइट सञ्चालनमा ल्याइसकेको छ । पहिलेको जस्तो ढल अब्यवस्थित छैनन् ।
अधिकांस ढल तथा नाला निर्माण तथा पुनःनिर्माण गरिएका छन् । अतिक्रमित सडकलाई उपमहानगरपालिकाले खाली गराउने काम गरिरहेको छ । यसका लागि उपमहानगरपालिकाले नगर प्रहरीलाई खटाएको छ । पहिलेको जस्तो सामान्य वर्षामा पनि मुख्य बजार क्षेत्रमा हुने डुबान समस्या अहिले लगभग अन्त्य भइसकेको छ ।
‘यि चार कुराको परिवर्तनले उपमहानगरको मुहार फेरिएको अनुभुती हामीलाई छ,’ धम्बोझीका राजेन्द्र केसीले भने । उपमहानगरपालिकाले एडिबीको बाहेक पनि सडक, नाला, भवन जस्ता भौतिक पुर्वाधार निर्माणको कामलाई आफ्नो प्राथमिकतामा राख्यो । भौतिक पुर्वाधार निर्माणका साथै स्थानीय बासिन्दाको चेतनाको स्तर माथी उठाउन विभिन्न सचेतना मुलक कार्यक्रम पनि सञ्चालन गरियो ।
उपमहानगरपालिकाले आफ्नो २३ वटै वडामा सडक, नाला, भवन जस्ता भौतिक पुर्वाधार निर्माणको कामलाई नै प्राथमिकता दिदै आएको छ । यसले गर्दा उपमहानगर क्षेत्रको चार वर्षअघि अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको नगर प्रमुख डा. धवलसम्शेर राणा बताउँछन् ।
उपमहानगरपालिकाले आफ्नो २३ वटै वडामा सडक, नाला, भवन जस्ता भौतिक पुर्वाधार निर्माणको कामलाई नै प्राथमिकता दिदै आएको छ । यसले गर्दा उपमहानगर क्षेत्रको चार वर्षअघि अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको नगर प्रमुख डा. धवलसम्शेर राणा बताउँछन् ।
‘पुर्वाधार निर्माण उपमहानगरपालिकाको प्राथमिकतामा परेको विषय हो, त्यसकारण हामीले यसैलाई जोड दिदै आएका हौं,’ राणा भन्छन् ‘सडक, नाला, भवन, फोहोरमैला ब्यवस्थापन, हरियाली वातावरण, तालको संरक्षण सम्बन्धी काम लगायत थुप्रै पुर्वाधार बनेका छन् ।’ उपमहानगरपालिकाले फोहोरमैला ब्यवस्थापन, ताल संरक्षण, सडक कालोपत्रे, नाला निर्माण, ग्रिन बेल्ट, वडा वडामा चिल्डेन पार्क, महिला बिद्यालय तथा कलेज निर्माणलाई प्राथमिकता दिएर काम अगाडी बढाइरहेको नगर प्रमुख राणाले बताए ।
उपमहानगरपालिकामा जनप्रतिनिधी निर्वाचित भएर आउँदा एशियाली विकास बैंकले सडक, ढल र फोहोर मैला ब्यवस्थापनको योजना अगाडी बढाउँदै थियो । जनप्रतिनिधी आइसकेपछि उक्त योजनालाई सम्पन्न गर्न आफुहरुले त्यसलाई सहजीकरण गरेर थप पुर्वाधार बनाइएको नगर उपप्रमुख उमा थापा बताउँछिन् ।
उपमहानगर स्रोतका अनुसार एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा एकिकृत शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत करिव ६० किलोमिटर सडक र नाला निर्माण सम्पन्न भएको छ । यसका साथै उपमहानगरपालिकाले आफ्नै स्रोतबाट पनि सडक, नाला, भवन निर्माण, फोहोर मैला ब्यवस्थापन जस्ता कामलाई अगाडी बढाएको छ ।
हरेक वर्ष बर्खायामका बेला नेपालगन्जमा एउटा प्रमुख समस्या बन्दै आएको थियो, डुबान । सामान्य वर्षा हुने बितिकै उपमहानगर क्षेत्रमा डुबान निम्तिने गरेपछि जनप्रतिनिधीलाई हैरान हुन्थ्यो । उपमहानगरपालिकाले डुबान समस्या समाधानका लागि जब ढल ब्यवस्थापनलाई प्राथमिकता दिदै गयो, त्यसपछि डुबान समस्या लगभग अन्त्य भइसकेको उपप्रमुख थापाको जिकिर छ ।
हरेक वर्ष बर्खायामका बेला नेपालगन्जमा एउटा प्रमुख समस्या बन्दै आएको थियो, डुबान । सामान्य वर्षा हुने बितिकै उपमहानगर क्षेत्रमा डुबान निम्तिने गरेपछि जनप्रतिनिधीलाई हैरान हुन्थ्यो । उपमहानगरपालिकाले डुबान समस्या समाधानका लागि जब ढल ब्यवस्थापनलाई प्राथमिकता दिदै गयो, त्यसपछि डुबान समस्या लगभग अन्त्य भइसकेको उपप्रमुख थापाको जिकिर छ ।
‘कुनै समयमा सामान्य वर्षा हुने बितिकै नगर एकैछिनमा डुब्थ्यो, अहिले बिस्तारै डुबान समस्या कम हुदै गएको छ, यसको प्रमुख कारण भनेको नै हामीले पर्याप्त मात्रामा निर्माण गरेका नाला हो,’ उनी भन्छिन् । डुबान समस्यालाई दिर्घकालिन रुपले समाधान गर्नकै लागि उपमहानगरपालिकाले हरेक वर्ष सडक र नाला निर्माणको कामलाई सँगसँगै अगाडी बढाउँदै लगेको छ ।
उपमहानगरपालिकाका शहरी विकास तथा पुर्वाधार शाखा प्रमुख इन्जिनियर भुपेन्द्र बोहराका अनुसार आर्थिक वर्ष २०७५/७६ मा मात्र १० किलोमिटर नाला निर्माण भयो । त्यसपछि २०७६/७७ मा १२.३ कि.मी. नाला निर्माण गरियो । गत आर्थिक वर्ष २०७७/७८ मा पनि उपमहानगरका विभिन्न स्थानमा नाला निर्माणको काम सम्पन्न भएको शहरी विकास तथा पुर्वाधार शाखाले जनाएको छ ।
यसबाहेक उपमहानगरपालिकाले कालोपत्रे, पिसिसी, ग्रावेल तथा माटो पटान, भवन निर्माण तथा मर्मत, पार्क निर्माण तथा मर्मत, सार्वजनिक शौचालय निर्माण तथा मर्मत, हाईमास्ट लाईट जडान जस्ता काम गरेको छ ।उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा १४.३१ किमी ग्रावेल तथा माटो पटान, ८.६३ किमी पिसिसी, २ सय ८५ मिटर कालोपत्रे, १९ वटा सार्वजनिक शौचालय निर्माण तथा मर्मत, ४१ वटा भवन निर्माण तथा मर्मत, ३ वटा पार्क निर्माण तथा मर्मतको काम गरेको छ ।
यस्तै आर्थिक वर्ष २०७६/७७ मा १५.१२ किमी ग्रावेल तथा माटो पटान, ६.३१ किमी पिसिसी, ४.९१९ किमी कालोपत्रे, १० वटा सार्वजनिक शौचालय निर्माण तथा मर्मत, ३१ वटा भवन निर्माण तथा मर्मत, २ वटा पार्क निर्माण तथा मर्मत, २ वटा हाइमास्ट बत्ती जडानको काम गरेको छ ।
उपमहानगरपालिकाले गर्व गर्न लायक योजना अन्तर्गत छात्रा बिद्यालय गत आ.व. २०७७/७८ बाट सञ्चालनमा आइसकेको छ । उक्त बिद्यालयमा अहिले साढे ४ सय भन्दाबढी बिद्यार्थी छन् । यस्तै छात्रा कलेज सञ्चालनका लागि कार्यविधी स्वीकृत भइसकेको छ ।
उपमहानगरपालिकाले गर्व गर्न लायक योजना अन्तर्गत छात्रा बिद्यालय गत आ.व. २०७७/७८ बाट सञ्चालनमा आइसकेको छ । उक्त बिद्यालयमा अहिले साढे ४ सय भन्दाबढी बिद्यार्थी छन् । यस्तै छात्रा कलेज सञ्चालनका लागि कार्यविधी स्वीकृत भइसकेको छ ।
कलेज सञ्चालनका लागि समिति समेत बनाइएको छ । यसैगरी उपमहानगरपालिको गौरवको योजना कान्ति तालको काम लगभग सम्पन्न भइसकेको र केही फिनिसिङको काम मात्र बाँकी रहेको उपप्रमुख थापाले बताईन् । दुई करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको छात्रा कलेजको १८ कोठे, तीन तले भवन सम्पन्न भइसकेको छ ।
उपमहानगर क्षेत्रका अस्पतालबाट निस्कने फोहोर ब्यवस्थापनका लागि हिरमिनियास्थित ल्याण्डफिल साइडमा भवन निर्माण गरिएको छ । ६४ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनका लागि दाताले एक करोड ७ लाख ३० हजार रुपैयाँ बराबरको उपकरण उपलब्ध गराउने सम्झौता छ ।