बाँके(नरैनापुर) : बाँकेको नरैनापुर गाउँपालिकामा भोकमरीको खतरा बढेको छ । सुख्खा खडेरीका कारण यसवर्ष नरैनापुरमा अधिकांस खेतीयोग्य जमिन बाँझोमा परिणत भएका छन् । खेतीयोग्य जमिन बाँझै भएपछि गाउँपालिकाले केही समयअघि नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको थियो ।
गाउँपालिकाको कार्यपालिका बैठकले सुख्खा क्षेत्र घोषणा गर्दै संघ र प्रदेश सरकारसँग विशेष राहत प्याकेज ल्याउन माग गरेको थियो । जिल्ला दैवी प्रकोप उद्धार समितिले पनि नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गर्दै गृह, कृषि र उर्जा मन्त्रालयसँग सहयोगका लागि आग्रह गरेको छ ।
खेती गर्न नपाएका कतिपय किसानको घरमा अहिले भोकमरी समस्या उत्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले भएपछि केही परिवारलाई आफुले खाद्यान्नको ब्यवस्थापन गरेको बताए । लामो खडेरीसंगै उक्त क्षेत्रमा पानी नपरेपछि खेतीयोग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेको गाउँपालिकाले जनाएको छ ।
किसानका लागि संघ र प्रदेश सरकारले तत्कालका लागि खाद्यान्न र प्रत्येक वडामा तीन वटाका दरले डिप बोरिङ ब्यवस्था गरिदिनुपर्ने अध्यक्ष शाहको माग छ । सुख्खाग्रस्त क्षेत्र नरैनापुरको केहीदिन अघि अर्थमन्त्री जनार्दन शर्माले पनिन स्थलगत अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा उनले नरैनापुरका समस्या आफ्नै आखाले देखेको र मन्त्री परिषदको बैठकमा आवश्यक निर्णयका लागि प्रस्ताव लैजाने आश्वासन दिएका थिए । गाउँपालिका अध्यक्ष शाहले त्यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई पनि ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका थिए ।
नरैनापुरमै पुगेर बाँके क्षेत्र नम्बर १ काम प्रतिनिधी सभाका सांसद एवम् युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी नमुना लगायतले पनि अनुगमन गरेका थिए ।
यो पनि पढ्नुस् :
‘सुख्खाग्रस्त’ क्षेत्र नरैनापुरमा अर्थमन्त्री शर्माको निरीक्षण-(भिडियो सहित)
नरैनापुरमा डिप बोरिङ र राहत उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र
अर्थमन्त्री शर्मा र नरैनापुर गाँपालिका अध्यक्ष शाहबीच भेट
नरैनापुरको सुख्खाग्रस्त क्षेत्रमा मन्त्री गहतराजको निरीक्षण
नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा, विशेष राहत प्याकेज ल्याउन माग
भिडियो रिपोर्ट हेर्नुस् :