नेपालगन्ज : जनताको साथमा कांग्रेस अभियान अन्तरगत नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न वडामा बिहीबार कार्यक्रम गरिएको छ । उक्त अभियान अन्तरगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९, १४ र १८ मा कार्यक्रम गरिएको हो ।
नेपाली कांग्रेसका जिल्ला प्रतिनिधी समेत रहेका पार्टी सचिव सुधान्सु कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । नेपालगन्ज ९ का वडा सभापति अकबर शेख गुड्डुको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश गुप्ता, क्षेत्रीय सचिव प्रदिप शाह, प्रदेश सभा-२ 'ख' का सचिव गोकर्ण शाही, नगर सभापति समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, महाधिवेशन प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा वडा सभापति संजय बर्माको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी कोइराला, विशिष्ट अतिथी एवम् प्रदेश सभा-२ 'ख' का सभापति जितेन्द्र हमाल लगायत सहभागी भएका थिए ।
यसैगरी वडा नम्बर १८ मा वडा सभापति जगदिश कुर्मीको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी समेत रहेका जिल्ला सचिव कोइराला, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य कृष्णा सापकोटा, क्षेत्रीय सभापति गुप्ता, प्रशान्त विष्ट लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांसले गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । पार्टीले यस्ता अभियानहरु चुनाव लक्षित मात्रै सञ्चालन गर्न नहुने उनीहरुले बताए । यसअघि बुधबार पनि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा कार्यक्रम गरिएको जिल्ला सचिव कोइरालाले जानकारी दिए ।