नेपालगन्ज : निजामती सेवा दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख, हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डेलाई सरकारले पचास हजार रासीको निजामती सेवा पुरस्कार २०७९ प्रदान गर्ने निर्णय गरेको छ ।
विगत दुई दशकदेखि सरकारी राष्ट्र सेवाका साथै साहित्य सँंस्कृति, योजना विकासका विषयमा लेखन तथा समाज सेवामा समेत संलग्न रहेका छन् । उनले पश्चिम नेपालका बिद्यार्थीहरुको अध्ययन तथा लेखन सीप तथा क्षमता विकासका लागि निःशुल्क अभिमुखिकरण सञ्चालन गरिरहेका छन् ।
आफुले विगतमा वाणिज्य कार्यालयमा रहंदा सेवा ग्राहीको सहजताका लागि विकास गरेको संयुक्त निवेदन तथा उपभोक्ता हक हितका काम, कोहलपुर, चन्द्रागिरी, छायानाथ रारा, तिलागुफा नगपालिकाको कार्यकारी अधिकत पदमा रहँदा गरेको सरसफाई, हरियाली तथा सड्क बिस्तार, शिपमुलक अभियानका काम, जिल्ला हुलाक कार्यालय बाँकेमा भौतिक संरचना निर्माण, इलाका तथा अतिरिक्त हुलाकको सुधार तथा संचार गृह र संचारकर्मी संगको सुमधुर ब्यवहार, दु्रत हवाई डाँक सेवा, हुलाक बचत बैंकमा बचत बृद्धि लगायतका कामको मूल्यांकन गरेर सरकारले पुरस्कृत गरेको बताइएको छ ।
तातोपानी गाउँपालिका वडा नम्बर ४ गिडीखोला जुम्लाका स्थायी वासिन्दा पाण्डे विगत २५ वर्षदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ चन्दननाथमार्ग धम्बोझीमा बस्दै आएका छन् ।