नेपालगन्ज : शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो ।
छनोट भएका मध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुनेछ । यस्तै ५ वटा विद्यालयमा २ कोठे पक्की भवन निर्माण गरिने बताइएको छ । चारकोठे भवन निर्माणका लागि कोहलपुरको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय चन्नहवा, जनज्योती आधारभुत बिद्यालय झण्डहवा र राम माध्यामिक बिद्यालय हवल्दारपुर छनोट भएका छन् ।
बैजनाथको सुर्योदय माध्यामिक बिद्यालयमा समेत चार कोठे पक्की भवन निर्माण हुने भएको छ । त्यसैगरी राप्ती सोनारीको नेपाल राष्ट्रिय मा.वि. गुलरी, जनशक्ती मा.वि बालापुर, भुवर भवानी मा.वि बिनौना तथा नेपाल राष्ट्रिय मा.वि. कोदरवटवा छनौट भएका छन ।
यस्तै दुई कोठे पक्कि भवनका लागि कोहलपुरको नेपाल राष्ट्रिय आ.वि. लखनवार, बैजनाथको बागेश्वरी मा.वि., राप्ती सोनारीको नेपाल राष्ट्रिय मा.वि. अगैया, बालशान्ती आ.वि. भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आ.वि. शंकरनगरकोटीया छनौटमा परेका छन् । छनोटमा परेका विद्यालयले चार कोठा पक्की भवनका लागि प्रति विद्यालय ४५ लाख र दुई कोठे भवन निर्माणका लागि २२ लाख ५० हजार दरले बजेट प्राप्त गर्ने छन् ।
कार्यक्रम अन्तर्गत कृष्ण मा.वि. कोहलपुर, जन ज्ञानज्योती मा.वि. कोहलपुर, जनजागरण आ.वि. बैजनाथ, जनसहयोगी आ.वि. बैजनाथ, गणेश आ.वि. ढकेरी, शिवशक्ती मा.वि. पेरानी, जनशक्ती मा.वि. बैजापुर र नेपाल राष्ट्रिय आ.वि. नरैनापुर सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागिछनोट भएका छन ।
छनौट भएका विद्यालयमा आईसिटी (सूचना तथा प्राविधि प्रयोगशाला) निर्माणका लागि प्रति विद्यालय ६ लाख ५० हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको पहलमा बिद्यालयहरु छनोटमा परेको उनको सचिवालयले जानकारी दिएको छ ।