बाँके (नरैनापुर) : संविधान दिवसको अवसर पारेर नरैनापुर गाउँपालिकाले वृक्षारोपन, सरसफाई तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले संबिधान जारी भएको दिनको खुसियाली स्वरुप दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको बताए ।
संविधान दिवसको अवसरमा शुभकामना दिदै उनले मौलिक हकका महत्वपूर्ण कानून बन्दै गर्दा परिस्थिती पहिलेभन्दा परिवर्तन भएको बताए । अध्यक्ष शाहले स्थानीय सरकारको नेतृत्व गरेको हैसियतले नागरिकको मौलिक हक कार्यान्वयन गराउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाली जनताको शक्ति र बलिदानीबाट प्राप्त संविधान सभाबाट बनेको संविधानको पालना गर्नु सबै नागरिकको जिम्मेवारी रहेको हुँदा दिवसको अवसर पारेर खुसीयाली स्वरुप कार्यक्रम गरिएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।
इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक बीरबहादुर सुनारले संविधानप्रदत्त अधिकार प्रयोग गर्दै विभिन्न सामाजिक संघ, संस्था र आमनागरिकले विभिन्न क्षेत्रबाट समृद्ध नेपालको लागि पुर्याएको योगदानको राज्यले कदर गर्ने बताए ।
सो क्रममा नरैनापुर १ का वडाअध्यक्ष इसाक जोलाह, वडा नम्बर ३ का वडाअध्यक्ष अजय मिश्र, वडा नम्बर ४ का मनोजकुमार शर्मा, वडा नम्बर ६ का वडाअध्यक्ष प्रेम मौर्य, सुचना अधिकारी लक्ष्मीकान्त मिश्र लगायत सुरक्षाकर्मी, जनप्रतिनिधी, कर्मचारीको सहभागिता रहेको थियो, भने उक्त कार्यक्रम सञ्चालन जिन्सी शाखा प्रमुख भरत महतोले गरेको थिए ।