नेपालगन्ज : नेपाल बुद्धिजिवी परिषद लुम्बिनी प्रदेशको अध्यक्षमा दमनध्वज डिसी निर्वाचित भएका छन् । परिषदको प्रथम अधिवेशनबाट उनी सर्वसम्मत निर्वाचित भएका हुन् । परिषदका केन्द्रीय अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा शनिबार नेपालगन्जमा सम्पन्न भएको अधिवेशनले डिसीको नेतृत्वमा नयाँ कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा कपिलवस्तुका पोष्टराज गौतम, सचिवमा दाङका सानु नारायण अधिकारी, उपसचिवमा अर्घाखाँचीका दिनेश बेल्वासे, बाँकेका लालमणि पोखरेल र कोषाध्यक्षमा बर्दियाका रामचन्द्र लामिछाने निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा नवलपरासीका लक्ष्मी अर्याल, गुल्मीका केशरबहादुर थापा, दाङका तारा भुषाल, प्युठानका आकाश भण्डारी, रोल्पाका शोभाराम बस्नेत, रुपन्देहीका चिरञ्जिवी देवकोटा, बाँकेका बीरबहादुर बिक, दाङका रामप्रसाद गौतम, बर्दियाकी लक्ष्मी खत्री, दाङका महेन्द्र भण्डारी, बर्दियाका सुशिल ज्ञवाली रहेका छन् ।
उक्त कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष देवकोटाले बुद्धिजिवीहरुले नेकपा एमाले र नागरिकका पक्षमा शसक्त भएर बोल्नुपर्ने बताए । देश परिवर्तनका लागि बौद्धिक बर्गले नेकपा एमाले रोजेको उनले जोड दिए ।
अधिबेशनमा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बि.सी सहित विभिन्न वक्ताले समाज परिवर्तनका लागि एमाले रोज्नुको विकल्प नरहेको बताए । उक्त अधिवेशनको अध्यक्षता ज्ञानबहादुर खत्रीले गरेका थिए, भने कार्यक्रम सञ्चालन भुवनेश्वर लामिछानेले गरेका थिए ।