बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पुर्वपश्चिम राजमार्गको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ स्थित गाभर र सौरीबीचको जंगलमा एकैपटक चार वटा पाटेबाघ क्यामेरामा कैद भएका छन् । बाघले केहीदिन अघि गाभरमा मान्छे र पशु चौपाया मारेको घटनापछि निकुञ्ज प्रशासनले बिछ्याएको क्यामेरामा थप बाघहरु फेला परेका हुन् । अचेल त्यस क्षेत्रमा राजमार्ग छेउमै बाघहरु डुलिरहन्छन् । बाघहरु फेला परेपछि राजमार्गमा आवत–जावत गर्न मात्र नभएर सर्बसाधारणले गाउँभित्रै पनि असुरक्षित महसुुस गरिरहेका छन् । पछिल्लो समयमा फेला परेका पाटेबाघको अवस्था, मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्युनिकरणका प्रयास लगायत विविध विषयमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहसँग दूरसञ्चार डटकमका लागि गरिएको विशेष कुराकानी :
श्यामकुमार शाह
प्रमुख, संरक्षण अधिकृत
बाँके राष्ट्रिय निकुञ्ज
बाँके राष्ट्रिय निकुञ्जका बाघले मान्छेमाथी घटना गराएपछि त्यसक्षेत्रमा के गर्दै हुनुहुन्छ ?
जहाँ बाघको घटना भएको थियो, त्यो खण्डमा हामीले खास गाभर र कुसुम खण्डमा हामीले निरन्तर सुरक्षा सर्तकता बढाइएको छ । र त्यसतर्फ हामीले दुई वटा घरपालुवा हात्तीद्धारा नियमित अनुगमन गरिरहेका छौं । निकुञ्ज प्रशासनको गस्ती र नेपाली सेनाको गस्ती नियमित रुपमा त्यहाँ चलिरहेको छ ।
रातीको समयमा त्यसक्षेत्र लगायत निकुञ्ज भएर जाने राजमार्गमा पैदल, साईकल, मोटरसाईकललाई रोक लगाइएको अवस्था छ अहिलेसम्म । त्यही बेला देखी नै जुनदिन घटना भयो, भदौंको २८ गते घटना भएको थियो, त्यसको भोलीपल्ट हामीले बाघलाई नियन्त्रणमा लिनको लागि समेत हामीले राँगो बाँधेका छौं र यदी त्यो राँगो खायो भने त्यसलाई डाट चाही गरेर लठ्याएर त्यसलाई नियन्त्रणमा लिने भन्ने योजना मुताविक हामी त्यहाँ प्राविधिकहरु ख्टाइएको छ ।
प्राविधिकहरु त्यस क्षेत्रमा खटिरहेका छन् । त्यस क्षेत्रमा आजको मितिसम्म हाम्रो अनुभवमा ठ्याक्कै चार वटा चाही पाटेबाघहरु त्यसक्षेत्रमा राजमार्गको वरिपरी हिडडुल गरिरहेको हामीले देख्छौं ।
हिजो मात्रै करिव साढे ५/६ बजेको आसपासमा गाभर र सौरीको बीचमा स्यानीखोली भन्ने ठाउँमा २ वटा पाटेबाघ चाही राजमार्गको छेउमा करिव-करिव १५/२० मिनेटसम्म हिडडुल गरिरहेकै अवस्था थियो र त्यो समयमा राजमार्गमा सवारी चालक जति थिए, ति सवारी चालकहरु एउटा दुरि बनाएर रोकिएर हेरेको अवस्था छ ।
यसले के देखियो भने निकुञ्जमा हामीले जैविकता संरक्षण, बाघको संरक्षण, वन्यजन्तुको संरक्षण भइरहँदा वन्यजन्तुको संख्या दिनानु दिन बढ्दो क्रममा रहेको छ । निकुञ्जको दक्षिणतर्फ पनि वन क्षेत्र नै रहेकोले वन्यजन्तुहरु राजमार्ग हुदै निकुञ्जतर्फ र राष्ट्रिय वन क्षेत्रमा आउनु यो अस्वभाविक होईन ।
यसमा चाही हामीले एकतर्फ संरक्षण सफल भइराछ, वन्यजन्तुको संख्या वृद्धि भइराछ र निकुञ्जको प्रकृती संरक्षण भएर यस क्षेत्रको तल्लो तटिय भुमिगत जल संचितिकरणमा पनि उल्लेखनिय टेवा पुगेको छ । कृषि उत्पादन बृद्धि भएको छ । जलाधार संरक्षण भएको छ । यसक्षेत्रको पर्यावरण सन्तुलनमा टेवा पुगेको छ भन्ने बुझ्दछौं भने अर्को तर्फ यो मानव वन्यजन्तु द्धन्द्ध एउटा चुनौतीको रुपमा देख्न सक्ने अवस्था रह्यो भनेर हामी यसको लागि चिन्तित छौं ।
दिनहुँजसो बाघ देखिदाँ मान्छेहरु त्रसित छन्, थप मानविय क्षति हुन नदिन के गर्दै हुनुहुन्छ ?
सर्वप्रथम त हामीले निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको १८ स्थानमा पोष्टहरु छन् । ति पोष्टहरुको गस्तीलाई सक्रिय रुपमा गरिरहेको अवस्था छ । त्यसलाई थप सक्रियता बढाइरहेका छौं हामीले । जुन क्षेत्रमा त्यस्तो घटना भयो । त्यस क्षेत्रमा पनि गस्तीलाई सघन रुपमा सञ्चालन गरिएको छ ।
सूचना, सञ्चारलाई चाही हामीले एक आपसमा बढाएको अवस्था छ । अस्तिको घटनालाई पनि हिजो राजमार्गमा देखिएको बाघको सन्र्दभमा पनि फेरी दुर्घटना नहोस् भन्नको लागि हामीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला टाफिक कार्यालय, राप्तीसोनारी गाउँपालिका, सबैमा हामीले सञ्चार गरेका छौं, सुचना जारी गरेका छौं ।
त्यसक्षेत्रका सर्वसाधारण लगायत सम्पुर्ण सरोकारवालालाई अनुरोध के गर्छौ भने अब यो निकुञ्ज वन्यजन्तुको संरक्षणका लागि स्थापना गरेको निकुञ्ज हो । र संरक्षण भइरहँदा कुनै प्रकारको मानविय क्षति नहोस् यस मानेमा निकुञ्ज प्रशासन सक्रिय छ ।
आफ्नो उपलब्ध साधन, स्रोतबाट कुनै त्रुटी हुन नदिनको लागि क्रियाशिल रहेको छ । तथापी राजमार्गको खण्ड यो निकुञ्ज भएर जाने जुन छ, त्यो चाही धेरै लामो छ । ७० किलोमिटरको पुर्व पश्चिम राजमार्ग छ, रत्न राजमार्ग ३० किलोमिटर छ । यो खण्डमा यात्रुहरु सवारी साधनहरु चौविसै घण्टा सञ्चालनमा रहेको अवस्था हो । यसमा चाही हामीले चाही बर्दिया राष्ट्रिय निकुञ्ज जस्तो यहाँ टाईमकार्ड लगाएर निश्चित समयमा जानको लागि त्यो हामीले नियमन गर्न सक्ने अवस्था छैन ।
किनभने बीच बीचमा त्यहाँ बजार छ, साना साना बस्तीहरु छन्, त्यसले गर्दाखेरी निश्चित समय लगाएर सवारी साधनलाई हामीले नियमन गर्न सक्ने अवस्था छैन । तर चाही अब बन्द खाले, लामो दुरीको सवारी साधनहरु छन्, गाडीहरु छन् । त्यसमा चाही यात्रा गर्नको लागि त्यति चाही दुर्घटना हुनसक्ने अवस्था रहँदैन । लामो दुरीका सवारी साधनहरु एउटा निश्चित गतिमा सवार गर्दाखेरी त्यसमा चाही दुर्घटना हुने अवस्था रहँदैन । अब रातीको समयमा मोटरसाईकलमा दुर्घटना लामो सडक खण्डमा हुन सक्ने सम्भावनालाई हामी नर्कान सक्दैनौं ।
त्यसैले गर्दा विगतमा हामीले रातीको समयमा यस क्षेत्रको मोटरसाईकल र साईकलहरुलाई रोक लगाएकै अवस्था हो । र हिजोको घटनाले के देखायो भने रातीको समयमा मात्रै होइन कि कुनैबेला पनि दिउँसो अथवा बेलुका, बिहान पनि राजमार्गमा करिव करिव १५, १६ मिटर चौडाइ रहेको र दुबैतिर घना वन क्षेत्र भएकोले वन्यजन्तुको हकमा चाही कुनै सवारी नआएको बेलामा उसले शान्त सडकमा निस्कनुलाई हामी अस्वभाविक मान्दैनौं ।
राप्तीसोनारीको गाभर र सौरी बीचको जंगलमा कतिको संख्यामा बाघ रहेको पाउनु भयो ?
हिजो दुई वटा बाघ चाही त्यस क्षेत्रमा निस्कियो र छोटो समयको लागि मात्र होईन, कि करिव–करिव १५/२० मिनेटसम्म एकै स्थानमा शान्त पुर्वक उसले हिडडुल गरिरह्यो । त्यो क्षेत्रमा अहिले हाम्रो अनुगमनले ४ वटा देखियो । त्यो चार वटै जुन छ ।
चार वटा मध्ये हामीले यसवर्ष पनि निकुञ्जका पाटेबाघहरुको क्यामेरा ट्रयापिङ प्रविधीबाट अनुगमन गरेका थियौं, ति चार वटा मध्ये तीन वटाको पहिचान भईसक्यो । जुन कि विगतमा पनि हाम्रो क्यामेरा ट्रयापिङको फोटोमा तीन वटा चाही पहिचान भईसकेका छन् । अब एउटाको पहिचान हुन बाँकी छ । भनेपछि यो पछिल्लो समयको बच्चा चाही होइन । यि चाही विगतमा नै देखिएका ठुला पाटेबाघहरु हुन् ।
हामीले दुरीमा टाढा देखिएको कारणले गर्दा आँखाले हेर्दा बच्चा जस्तो लाग्यो, तर त्यो नजिकै हेर्दाखेरी त्यो बच्चा रहेनछ । ती चाही वयश्क नै भइसकेको बाघ हो ।
बाघ र मानवबीचको द्धन्द्ध न्युनिकरण गर्न के कस्ता प्रयास भइरहेका छन् ?
सर्वप्रथम त त्यो खण्डको जुन गाभर बस्ती छ । गाभर बस्तीको चाही घरहरु छन् । ती घरहरु वरिपरी जंगल क्षेत्र छन् । त्यो घरहरु, त्यहाँ गाउँ चाही अव्यवस्थित बसोबास नै हो । त्यहाँ चाही बस्तीको लागि जुन न्युनतम पुर्वाधारहरु हुन्छन्, ति पुर्वाधारहरु कमी नै भएको ठाउँ हो ।
त्यहाँ चाही हामीले दुबैतर्फ वन क्षेत्र रहेको हुँदा वन्यजन्तु सहज रुपमा गाउँ नजिकै, घर नजिकै आउन सक्ने सम्भावना देखियो । त्यसले गर्दाखेरी हामीले त्यहाँका स्थानीयहरुलाई चाही तपाई आ-आफ्नो घरको वरिपरीको झाडी सफा चाही राख्नुस् भन्यौ । एकदिन हाम्रो निकुञ्जका कर्मचारी र नेपाली सेनाले संयुक्त रुपमा त्यो काममा पनि हातेमालो गरेर त्यो अभियानलाई अगाडी बढाएका छौं ।
दैनिक रुपमा उहाँहरुले आ-आफ्नो घर वरिपरीको झाडी सफाई चाही गरिराख्नु भएको छ । दोस्रोमा हामीले सूचना, सञ्चार गरिरहेका छौं । र सचेतनाका कुराहरु, सन्देशहरु चाही दिने कामहरु गरिरहेका छौं ।
जहाँ जहाँ देखिने कुराहरु भइरहेको छ । जुन ठाउँबाट आज यो जंगलमा देखियो, यहाँ चाही बाच्छोलाई हान्यो भनेर जुन ठाउँबाट सूचना आउँछ, तत्काल हाम्रा टोली त्यहाँ पुग्छन् । त्यहाँ चाही क्यामेरा जडान हामी गरिरहेका छौं ।
त्यस क्षेत्रका बासिन्दाहरुलाई, स्थानीय समुदायहरुलाई सचेत रहने कुराहरुको हामीले सन्देश दिइरहेका छौ । हाम्रो चाही यो खण्डको प्रगति नगर र शिवखोला दुई वटा चेक प्वाइन्ट छ, दुई वटै प्वाइन्टबाट हामीले गाडीहरुलाई रोकेर उहाँहरुलाई सन्देश दिइरहेका छौं कि यस क्षेत्रमा बाघ राजमार्गमा देखिरहेको छ । त्यसले गर्दा तपाईहरु सर्तक भएर एउटा दुरिमा, एउटा समुहमा यात्रा गर्नुहोला भन्ने सन्देश पनि दिइरहेका छौं ।
अहिले निकुञ्जको एउटै क्षेत्र गाभर र सौरीको बीच जंगलमा धेरै बाघहरु देखिएका हुन् ?
सबैभन्दा बढी देखिएको अहिले चाही गाभर र सौरीमा । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ को गाभर र सौरी खण्डको राजमार्गमा सबैभन्दा बढी देखिरहेको छ । कहिले निकुञ्ज क्षेत्रमा देखिन्छ, कहिले सामुदायिक जंगलतर्फ देखिरहेको छ ।
यो पनि पढ्नुस् :
बाँके निकुञ्जमा रमाउँदै पाटेबाघका बथान- (भिडियो सहित)
भिडियो हेर्नुस् :