खजुरा(बाँके) : खजुरा गाउँपालिका वडा नम्बर ७ सोनपुर स्वास्थ्य चौकीमा सहकर्मी समाज कोहलपुरले 'कोभिड -१९ सहायता कक्ष' स्थापना गरेको छ । सहायता कक्षलाई हाल लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री एन्टिजेन किट, २ सय वटा कार्यालय टेबुल, एक थान कुर्सी, एक थान पंखा, एक थान माक्स, २५ सय थान स्यानिटाइजर, १० थान ग्लोब्स, २ बक्स र सरसफाई किट सामाग्री दिइएको छ ।
खजुरा स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेललाई समाजले हस्तान्तरण गरेको हो । कार्यक्रममा सहकर्मी समाज की अञ्जु गुरुङले सहायता कक्षलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न आवश्यक सामाग्री र सहयोगका लागि संस्था सधै लागि पर्ने बताइन ।
सोनपुरमा सहायता कक्षको आवश्यकता परेकाले खजुराको वडा नम्बर १ देखि ८ सम्मका वडा मध्ये सोनपुरमा स्थापना गर्न पहल गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । स्वास्थ्य शाखालाई आवश्यक सहयोग गर्न पनि आफु तयार रहेको उनले प्रतिवद्धता जनाएका थिए ।
त्यस क्रममा उनले असोज १२, १३ र १४ गते १८ बर्ष पुगेका बिद्यार्थी र ४५ बर्ष माथीका आमनागरिकलाई कोरोनाविरुद्वको भेरोसेल खोप लगाईने जानकारी दिए । खजुरा स्वास्थ्य शाखा प्रमुख पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधी, बुद्धिजीवी, स्वास्थ्यकर्मी, सहकर्मी समाजका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सञ्चालन धनपत यादव र सीता ओलीले गरेका थिए ।