बाँके(खजुरा) : बाँकेको खजुरास्थित ई-गाउँको सभा हलमा सत्तारुढ गठबन्धनले अगुवा कार्यकर्तासँग चुनाव लक्षित छलफल तथा भेटघाट गरेको छ । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य उम्मेद्वार किशोर सिंह राठौरले संविधान रक्षाका लागि बनेको यो गठबन्धन प्राकृतिक भएको बताएका थिए ।
स्थानीय तहमा जसरी गठबन्धनबाट सकार बन्यो, त्यसरी नै अब प्रदेश र संघको सरकार बनाउन सके यहाँको विकास सहज हुने कुरामा राठौरले जोड दिएका थिए । कांग्रेस सह-महामन्त्री समेत रहेका उम्मेद्वार राठौरले भने, ‘म सँधै जनताको सेवाका लागी राजनीतिमा छु, यहाँको विकासका लागी म सधै प्रतिवद्ध छु ।’ प्रदेश सभा-३ ‘ख' का उम्मेद्वार बादशाह कुर्मीले गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेका थिए ।
क्षेत्र नम्बर ३ समानुपातिक उम्मेदवार आशा बि.क.ले गठबन्धनको विकल्प नभएकाले गठबन्धनलाई जिताउन कार्यकर्ताहरु परिचालित हुन् आह्वान गरेकी थिईन् । खजुरा गाऊँपालिका अध्यक्ष डम्बर बि.क. तुफानले भने, ‘खजुरा भत्काउनेलाई चुन्ने की खजुरा बनाउनेलाई चुन्ने छुट्याउने बेला आएको छ ।’
अध्यक्ष तुफानले भने , ‘बालुवाटार सिंहदरवारमा दबाव दिन सक्ने नेता उम्मेदारका रुपमा राठौरलाई पाएका छौं, अब उहाँलाई जिताउनु पर्नेछ, खजुरा गाऊँपालिका उपाध्यक्ष मञ्जु मल्लले कार्यक्रममा गठबन्धनलाई कार्यान्वयन गराउन अगुवा कार्यकर्ताहरुको महत्वपुर्ण भूमिका रहेको भनाई राखेकी थिईन् ।
कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मो. नक्की खाँले गठबन्धनले स्थानीय तहमा चुनाव जितायो अबको गठबन्धनले प्रदेश र संघको चुनाव जित्नुपर्ने आबश्यकता रहेको बताए । कांग्रेसका अगुवा कार्यकर्ता गगन बहादुर बि.क. ले सशक्त जुझारु नेता किशोर राठौरलाई उम्मेद्वारका रुपमा पाउनु गर्वको कुरा भएको बताएका थिए ।
वडा नम्बर ४ का अध्यक्ष एवम माओवादी नेता देब बहादुर रोकायले सहभागीलाई स्वागत गरेका थिए । ऋषिकेश जि.सी . ले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व खजुरा वडा नम्बर ४ कांग्रेस सभापति मानबहादुर थापाले गरेका थिए ।