बाँके(डुडुवा) : बाँकेको क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य उम्मेदवार सुदिप नरसिङ राणाको पक्षमा डुडुवावासी देखिएका छन् । प्रचार प्रसारका क्रममा आइतबार डुडुवा गाउँपालिका क्षेत्रमा पुगेका उम्मेदवार राणालाई डुडुवाबासीले जितको अग्रिम शुभकामना दिएका थिए ।
प्रचार प्रसारमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताका साथै स्थानीय सर्बसाधारणको पनि उपस्थिती रहेको थियो । डुडुवामा नेपाली कांग्रेससहित गठबन्धनको अग्रता देखिन्छ । दुई पटक डुडुवा गाउँपालिकाको नेतृत्व गरेका कांग्रेस नेता नरेन्द्र चौधरीले गरेका विकास निर्माणबाट डुडुवा गाउँपालिकाबासी प्रभावित छन् । क्षेत्र नम्बर २ मा चुनाव जित्न उम्मेदवारका लागि डुडुवाका मतदाता निर्णायक मानिन्छन् ।
उम्मेदवार राणा प्रचार प्रसारका क्रममा वडा नम्बर २ मा रहेका बाबाँगाउँ, सन्तलिया, अमृत पुरुवा, दास पुरुवा, विलोर पुरुवा, कोलहीगाउँ, करियाती पुरुवा लगायत क्षेत्रमा पुगेका थिए । उनलाई प्रचार प्रसारका लागि नेपाली कांग्रेस डुडुवा गाउँपालिका सभापति विजय यादव, वडा नम्बर २ का सभापति रामकुमार श्रीवास्तव, वडा नम्बर ४ का सभापति हरि रेउले, क्षेत्रीय प्रतिनिधी फनबहादुर गुरुङ, पूर्वमहासमिति सदस्य राकेस श्रीवास्तव लगायतले पनि साथ दिएका थिए ।
राणाले प्रचार प्रसारका क्रममा डुडवावासीसँग आफुलाई भोटभन्दा बढी स्थानीय बासिन्दाका समस्याहरु सोधेका थिए । डुडुवाबासीले आफुलाई हौसला दिदाँ चुनाव जित्ने आत्म विश्वास बढेको उम्मेदवार राणाले सुनाए । सो क्रममा बाँके प्रदेश सभा–२(१)का उम्मेदवार राजकुमार बर्मा पनि सहभागी थिए ।