नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का मतदाताले कांग्रेसका उम्मेदवारलाई नै भोट हाल्ने अठोट लिएका छन् ।
आगामी मंसिर ४ गते हुनलागेको निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउने अभियानमाआफूहरु जुटेको सोमबार बिहान घरदैलोका क्रममा बाँके, प्रदेश सभा-२ (२) काउम्मेदवार सुरेन्द्रबहादुर हमाल समक्ष मतदाताले बताएका हुन् ।
आफ्नो पुर्खाहरुले पनि कांग्रेस मै भोट हाल्दै आएको र आफूले पनि कांग्रेस मै भोट हाल्ने मतदाताको भनाई छ । ‘हाम्राबुवा र बाजेले कांग्रेसमाभोट हाल्नु भयो, हामीले पनि कांग्रेस बाहेक यो देशमा राम्रो पार्टी अहिलेसम्म देखेनौं, त्यसकारण हाम्रो भोट कांग्रेसका उम्मेदवारलाई नै जान्छ,’ एक स्थानीयले भने ‘यो देशलाई अप्ठ्यारो परेको बेला बचाउने पार्टी भनेकै नेपाली कांग्रेस हो ।’
त्यसै क्रममा उम्मेदवार हमालले वडा नम्बर २ न्युरोडस्थित भानुभक्त चोकमा हाईमस्ट लाईट जडान गर्नुका साथै २ नम्बरमा अधुरा काम पूरा गर्ने आफू प्रतिबद्ध भएको बताए । अब दिन प्रतिदिन मंसिर ४ गते नजिकिदै गएकाले सबैजना कांग्रेस जिताउने अभियानका रुपमा अगाडी बढ्न आग्रह गरे ।
नेपाली कांग्रेस नेपालगन्ज वडा नम्बर २ द्वारा आयोजित घरदैलो अभियान बागेश्वरी पार्कबाट सुरु भएर वडा नम्बर २ को न्युरोड, बौद्धगुम्बा, बसपार्क, विकास नगर र सुर्खेत रोड हुँदै वडा नम्बर २ को सम्पर्क कार्यालयमा पुगेर समापन गरिएको थियो ।
घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार हमाल सहित जिल्ला, क्षेत्र, प्रदेश सभा, नगर र वडा तहका नेताकार्यकर्ता, सर्बसाधारण लगायतको उपस्थिती रहेको थियो ।