बाँके(राप्ती सोनारी) : बाँके क्षेत्र नम्बर १ अन्तर्गत पर्ने राप्ती सोनारी गाउँपालिका मतदाताहरुले वर्षौदेखिको अध्यारोबाट मुक्ती दिलाउनेलाई आफुहरुले मतदान गर्ने बताएका छन् ।
दशकौंदेखी अध्यारोमा बस्न बाध्य त्यस क्षेत्रका नागरीकहरुले निवर्तमान साँसदद्धवय महेश्वर गहतराज अथक र कृष्णा केसी नमुनाका कारण आफुहरुले उज्यालोको अनुभुती गर्न पाएको भन्दै पुनः उनीहरुलाई मतदान गर्ने बताएका हुन् ।
बाम-लोकतान्तिक गठबन्धनबाट बाँके क्षेत्र नम्बर १ को प्रतिनिधी सभा उम्मेदवार रहेका अथकको पहिलो कार्यकालमा राप्तीसोनारी र नरैनापुरमा बिद्युतीकरणको काम अगाडी बढेको थियो । उनकै पहलमा नरैनापुर र राप्तीसोनारी बिकासको मुलधारमा आएको थियो ।
उनी पुनः सांसदको उम्मेदवार भएपछि यहाँका स्थानीय उत्साहित भएका छन् । गठबन्धनका उम्मेदवारहरु घर दैलोमा जाने क्रममा स्थानीय जनताले संबिधान जोगाउने गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिवद्धता सहित स्वागत गर्ने गरेका छन् । सोमवार घर दैलोका क्रममा गठबन्धनका उम्मेदवारहरु राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ तथा कोहलपुर नगरपालिकाको वडा नम्बर २ मा पुगेका थिए ।
राप्ती सोनारीमा पुगेका उम्मेदवारलाई हालसम्म त्यस क्षेत्रको विकासको पहलकदमी गठबन्धनका दलहरुले नै लिएको भन्दै तीनै उम्मेदवार दोहोरीएकाले यस पटक अत्यधिक मनले विजयी गराउने प्रतिबद्धता जनाए । राप्ती सोनारीमा भएको कार्यक्रममा प्रतिनिधी सभातर्फ गठबन्धनका साझा उम्मेदवार महेश्वर जंग गहतराज अथक, र प्रदेश सभा-१ (१) का उम्मेदवार कृष्ण केसी नमुनाको सहभागिता रहेको थियो ।
राप्तीसोनारी क्षेत्रको विकासमा अथक र नमुनाको उल्लेखनीय योगदान रहेको भन्दै उनीहरु निर्बिकल्प उम्मेदवार भएको स्थानीयले बताए । समृद्ध राप्ती सोनारी र नरैनापुर निर्माणका लागि यस पटक पुनः गठबन्धनका उम्मेदवारलाई विजयी गराउने स्थानीयको भनाई थियो ।
बाँके प्रदेश सभा-१ (२) का प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारुलाई कोहलपुर वडा नम्बर २ को घरदैलोका क्रममा स्थानीयले स्वागत गरेका थिए । गठबन्धनको सरकारले भुमिहिन समस्या समाधान गर्नेमा आफुहरु ढुक्क रहेको भन्दै स्थानियले समृद्ध कोहलपुर निर्माणका लागि सक्षम उम्मेदवार चयन गर्ने प्रतिबद्धता जनाए ।