बाँके(डुडुवा) : बाँकेको क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेस सहित पाँच दलिय गठबन्धनका प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार सुदीप नरसिंह राणा डुडुवा गाउँपालिकामा दैनिकजसो घरदैलोमा ब्यस्त हुने गरेका छन् ।
नेपाली कांग्रेसका लोकप्रिय युवा नेताको रुपमा परिचित रहेका उनी डुडुवामा ब्यस्त भएका हुन् । राणा घरदैलोमा पुग्दा डुडुवाका मतदाता हर्षित हुदै स्वागत गर्ने गरेका छन् । यसपटक नेपाली कांग्रेसका उम्मेदवार राणालाई मतदान गरेर विकास गर्ने जिम्मेवारी सुम्पिने डुडुवाबासीले बताएका छन् ।
डुडुवाको स्थानीय सरकार कांग्रेसको नेतृत्वमा रहेकाले संघ र प्रदेशमा पनि कांग्रेसले नै नेतृत्व गरेपछि विकास र समृद्धिले गति लिने उनीहरुको बुझाई छ । ‘अरुलाई रोज्नु भयो पटक पटक, मलाई रोज्नुस यसपटक,’ मतदातालाई राणा भन्छन् ।
काँग्रेसका नेता कार्यकर्ता सहित डुडुवाबासीको घरदैलोमा पुग्दा राणालाई स्थानीयले फूलमालाले स्वागत गरिरहेका छन् । घरदैलोका क्रममा राणा मंगलबार बिहान डुडुवा गाउँपालिकाको वडा नम्बर-५ स्थित डलैपुर, गुहाना, रंगीताल, तिलकपुर, मिलनिया, मोतिडाडाँ, डाँगी टोल, पश्चिम तिलकपुर, जब्दहवा लगायत विभिन्न गाउँ, बस्तीमा पुगेका थिए ।
सो क्रममा राणालाई स्थानीयबासीले फूलमाला तथा अविर लगाएर स्वागत गरेका थिए । त्यस क्रममा उम्मेदवार राणालाई बोलाएर स्थानीय बासिन्दाले यसपटक आफुहरुको अमुल्य भोट नेपाली कांग्रेसका उम्मेदवारलाई जाने सुनाएका थिए । मतदातालाई भेट्ने क्रममा राणाले आफू जनताको सेवा गर्न चुनावी अभियान होमिएको बताएका थिए ।
कतिपयले राजनीतिलाई ब्यापार बनाउने गरेको भन्दै राणाले आफु समाजसेवा गर्नका लागि राजनीतिमा आएको धारणा राखेका थिए । घरदैलोका क्रममा प्रदेश सभा-२ (१) का उम्मेदवार राजकुमार बर्मा, लुम्बिनी प्रदेशका कांग्रेस समानुपातिक उम्मेदवारद्धय माया पुन र सुशिला नेपाली (बादी) लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।