कोहलपुर : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक ले बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको बताएका छ्न । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित चुनावी सभालाई सम्बोधन गर्दै उनले बाँके जिल्लालाई सिधा सिहंदरबारसँग जोडेको बताएका हुन् ।
‘मलाई पहिलो पटक चुनाव जिताएर यहाँहरुले मन्त्री बन्ने अवसर जुटाइदिनु भयो,’ अथकले भने, ‘मैले क्षेत्रको प्रतिनिधित्व गर्दै बाँकेलाई सिंहदरबारसम्म जोडे सफल भएको छु ।’
आफ्नो पाँच वर्षे कार्यकालमा पटक-पटक संसदमा बाँकेका समस्या उठाएको स्मरण गर्दै बाँके क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार समेत रहेका मन्त्री अथकले भने, ‘बाँकेको पहुँच सिधै सिहदरबार सम्म स्थापित भईसकेको छ, यहाँको विकासका निम्ति म सधैं प्रतिवद्ध छु, फेरिपनि निर्वाचित गराएर उक्त जिम्मेवारी दिनुहुनेछ भन्ने आशा लिएको छु ।’
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी नमुनाले राप्ती पारीको विकासका र परिवर्तनका लागी आफुले विभिन्न पहलकदमी चालेको भन्दै राप्ती सोनारी र नरैनापुरको समग्र विकास र परिवर्तनका लागि आफु कटिवद्ध भएर लागेको बताइन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा समानुपातिक उम्मेदवार संगिता थारुले बाम-लोकतान्त्रिक गठनबन्धनका उम्मेदवारहरुलाई विजयी गराएमा मधेसी मुस्लिम दलित र महिलाका अधिकार सुरक्षित हुने
बताइन । राप्तीसोनारी वडा नम्बर ६ निर्वाचन परिचालन समितिका संयोजक गोविन्द दहितको सभापतित्वमा भएको कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का काँग्रेस सभापति पोषण केसी, बाम-लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता, स्थानीयवासी लगायतको सहभागिता रहेको थिए ।