नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का मतदाताले प्रदेश सभा २(२)का उम्मेदवार सुरेन्द्रबहादुर हमाललाई नै मतदान गर्ने बताएका छन् । ‘हमाल नेपालगन्जको स्थायी बासिन्दा हुन्, जस्ले नेपालगन्जको समस्या प्रत्यक्ष रुपमा बुझेका छन्, तिनलाई भोट नदिए कसलाई दिने ? हामीले नदिए कसले दिन्छ ?’ मतदाता भन्छन् ।
नेपालगन्ज २ निवासी हमाल सबै जात जाती धर्म र सबै वर्गका जनतालाई एउटै नजरले हेर्ने आर्दशवान व्यक्तित्व हुन् । भारत्तोलन खेलका ओलम्पियन हमाल क्यान्सर जस्तो रोग जित्ने ब्यक्ति पनि हुन् ।
नेपालगन्ज वडा नम्बर ८ मा बुधबार घरदैलोका क्रममा हमालले आफ्नो चुनावी प्रतिवद्धता सुनाएका थिए । उनको प्रतिवद्धता सुनेपछि स्थानीय युवाहरु उत्साहित भए ।
‘नेपालगन्ज ८ का वडाबासी सबैको नजरमा हमाल एक सक्षम लिडरको रुपमा परिचित हुनुहुन्छ,’ एक युवाले भने, ‘उहाँ आफै पनि खेलाडी भएकाले नेपालगन्जले यस्तो उम्मेदवार पाउनु गर्वको कुरा हो, नेपालगन्जमा जन्मिदै गरेका खेलाडी र खेल क्षेत्रमा पनि बाँकी विकास गर्नुहुनेछ भन्नेमा हामी युवाहरु ढुक्क छौं ।’
उम्मेदवार हमालले मतदाता समक्ष आफ्ना एजेण्डामा रहेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । ‘मलाई मतदान गरि विजयी गराउनुस्, म यो ठाउँको विकास चाहन्छु, एउटा क्षेत्र मात्रै होईन, म नेपालगन्ज लगायत सिंगो बाँकेको विकास गर्न चाहान्छु,’ हमालले भने ।
बाँकेमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी गराउन उनले आग्रह गरे ।
निर्वाचित भएपछि आफ्नो योजना नगर भवनको लागि एउटा विशाल मार्केट बनाउने र त्यो मार्केटले वडा नम्बर ८ को स्वरुप नै बदल्ने हमालले सुनाए । ‘यहाँ कोलिया–कोलियामा पसलहरु हुनेछन्, यहाँका दाजुभाई दिदी बहिनीको आर्थिक उन्नती हुन्छ र जीवनस्तर बढ्नेछ, जसका लागि मैले नै प्रदेश सरकारसँग पहल गरेको थिए, त्यसैले हामीलाई मतदान गर्नुभयो भने हामी फेरी पनि यस्ता ठूला योजनाहरु ल्याउने छौं,’ उनले भने ।