नेपालगन्ज : नेपाली कांग्रेससहित पाँच दलिय गठबन्धनबाट बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार सुदिप नरसिङ राणाको चर्चा चुलिदै गएको छ । क्षेत्र नम्बर २ अन्तरगत पर्ने नेपालगन्ज र डुडुवा गाउँपालिकाभित्र रहेका वडाहरुमा स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षले प्राप्त गरेको मतका आधारमा सबैभन्दा अगाडी कांग्रेस रहेको छ ।
त्यसपछि मात्र एमाले, जसपा, राप्रपा र माओवादी केन्द्र रहेका छन् । पाँच दलिय गठबन्धनभित्र रहेका दलले प्राप्त गरेको मत जोड्दा नेपाली कांग्रेसका उम्मेदवारले झण्डै दोब्बर बढी मत ल्याउने अनुमान भइरहेको छ ।
क्षेत्र नम्बर २ को डुडुवा र नेपालगन्जमा अहिले प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार सुदिपनरसिंह कै चर्चा सुनिन्छ । चुनावी प्रचारका क्रममा क्षेत्र नम्बर २ का विभिन्न बस्तीमा पुगेका राणालाई स्थानीय मतदाताको राम्रो साथ देखिन्छ । उनी बुधबार पनि दिनभर चुनावी प्रचारमा ब्यस्त भए ।
बिहान नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १३ मारहेका परसन पुरुवा, लोहिनपुरुवा, खटकन पुरुवा, लालापुरुवा, महापुरुवाका मतदातालाई भटेका थिए । त्यस्तै बेलुकातिर उनी वडा नम्बर १३ को बुलबुलिया क्षेत्रमा चुनावी प्रचारमा ब्यस्त रहे ।
अहिलेसम्म कुनैपनि आर्थिक अनियमिततामा नजोडिएका राणा योग्य, सक्षम र निस्कलंकित उम्मेदवार भएकाले आफुहरुको रोजाईमा परेको मतदाताको धारणा छ । मतदाताको माया र सद्भावले चुनावी प्रचार प्रसार अभियान उपलब्धी मुलक भइरहेको उनी बताउँछन् । चुनावका क्रममा जुन–जुन बस्ती उनी पुगेका थिए, त्यहाँका बासिन्दाले उनलाई साथ दिने र भोट हाल्ने प्रतिवद्धता समेत ब्यक्त गरिरहेका छन् ।
युवा नेता राणा स्वभावले शालिन र सरल व्यक्तित्वका रुपमा चिनिन्छन् । प्रतिनिधी सभाका लागि नयाँ अनुहारका रुपमा प्रस्तुत राणा नेपाली कांग्रेसको राजनीतिकमा ३० वर्षदेखि निरन्तर आवद्ध छन् । सहयोगी भावका राणा भोट माग्न मतदाताको घर आँगनमा पुग्दा उनी भोट भन्दाबढी ‘आपका समस्या क्या हे’ जस्ता प्रश्नहरु गर्ने गरेको पाइन्छ ।
उनी आफैं पनि भन्ने, ‘विकास भनेको जनताले प्रत्यक्ष प्रत्याभूती गर्ने किसिमको हुन पर्छ’ भन्ने गर्दछन् । चुनावी प्रतिस्पर्धामा राणाको माहोलले उनीप्रति चुनावी प्रतिस्पर्धीका रुपमा बजारमा देखिएको नेपालगन्जबासीको भनाई छ । चुनाव नजिकिदै गर्दा नेपाली कांग्रेसबाट उम्मेदवरी दिएका सुदिप नरसिङ राणाको चुनावी माहोलले तात्दै गईरहेको छ ।
चुनवी प्रचारका क्रममा जुन–जुन ठाउँमा राणा पुगेका छन्, सो क्षेत्रका मतदाताले राणालाई चुनाव जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावी प्रचारका क्रममा नेपालगन्जको वडा नम्बर १३ का मतदाताले बुधबार चारै भोट रुखमा हाल्ने योजना भएको सुनाए ।
प्रचारका क्रममा वडा १३ मा रहेका परसन पुरुवा, लोहिन पुरुवा, खटकन पुरुवा, लाला पुरुवा, महापुरुवा पुगेका राणालाई स्थनीयले ‘चारो भोट रुखवापे डालेंगे’ भन्दै प्रतिक्रिया दिएका थिए । प्रचार प्रसारका क्रममा राणले आफुले जितेपछि बाँके क्षेत्र नम्बर २ को हरेक समस्यालाई सम्बोधन गर्ने बताए ।